आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कपिल शर्मामाथि एक हप्ताभित्र अर्को मुद्दा दर्ता

  • प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३



  • भारतीय हाँस्यकलाकार कपिल शर्माको समस्या घट्नुको सटो बढ्दो छ । उनीमाथि एकपटक पुनः एफआइआर दर्ता भएको छ । वर्सोवा पुलिस थानामा नीविरुद्ध दर्ता भएको यो एफआइआर एक हप्ताभित्रको दोस्रो हो । अंधेरीका एक एक्टिभिस्टको तर्फबाट यो एफआइआर दर्ता गराइएको हो । यसमा कपिल शर्मा विरुद्ध पर्यावरण संरक्षण कानूनलाई उल्लंघनको आरोप लागेको छ ।

    गत १३ सेप्टम्बरमा बीएमसीले ओशिवरामा कपिल, इरफान र एक निर्मातासमेत अन्य चारमाथि महाराष्ट्र रिजनल टाउन प्लानिङ एक्ट (एमआरटीपी) सन् १९९६ को सेक्सन ५३ (७) लाई उल्लंघन गरेको आरोप लगाएको थियो । यदि बीएमसीको आरोप साबित भए दुबैले एक महिनादेखि तीन वर्षसम्मको सजायँ पाउने सम्भावनाका साथै २ हजारदेखि ५ हजार जरिवाना पनि रहेको छ ।

    गत सेप्टम्बर १० तारिखमा एक्टिभिष्टले कपिल र उनका छिमेकीका विरुद्ध वातावरणसँग जोडिएको कानूनलाई उल्लंघन गरेको आरोप लगाएका थिए । आरोपपत्रमा उनीहरुले ‘म्यान्ग्रोभ’ नामक रुख काटेको बताइएको छ । शिवाजी चौरे भन्छन्, ‘आरोपमा म्यान्ग्रोभ सेलले कपिलको प्लटमा अतिक्रमणको कुरा गरेको छ । यसलाई आधार बनाएर शनिबार यसविषयमा एफआइआर दर्ता गराइएको छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij