प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३
गोरखामा हिजाराती प्रहरी र स्थानीय गाँगलेवीच तनाव भएको छ । तनावपछि भएको भीडन्तमा केही घाइते भएका छन् ।
प्रहरीको कुटाईबाट थमानसिं बस्नेत गम्भीर घाईते भएका छन् । उनको गोरखा अस्पतालमा उपचार भएको छ । उनकी श्रीमतीको छिम्केश्वरी सामुदायिक अस्पताल आँबुखैरेनीमा उपचार भैरहेको छ ।
उर्जा मन्त्री आउने कार्यक्रमवारे छलफल भैरहेका बेला प्रहरीले ‘राती किन भेला भएको’ भन्दै कुटेको गाँउलेको आरोप छ । प्रहरीले घरभित्र पसेर महिला र बृद्धबृद्धालाई पनि कुटेको उनीहरुको आरोप छ ।
प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले केही मानिसहरुको समूह देखेपछि आपmूहरुले राती किन हिँडेको भनेर सोधेको बताए । उनले त्यस्तो प्रश्नमा गाँउलेले ‘अहिले संकटकाल हो र ? कफ्र्यु लागेको छ ?’ भनी प्रतिप्रश्न गरेको पनि बताए ।
थापाले स्थानीय गाउँलेले ड्युटीमा रहेका ६,७ जना प्रहरी माथि आक्रमण गरेको बताए । ‘रातको समयमा ड्युटी गर्नु प्रहरीको कर्तव्य हो गाउँलेहरुले प्रहरीको दोष देख्छन्’ उनले भने ।
घाइते थमानसिं बस्नेतका अनुसार युद्धकालमा समेतसमयमा समेत प्रहरीको यस्तो नियति भोग्नु नपरेको बताए । राती घरमा आएर प्रहरीले एक्कासी आक्रमण गरेको उनको भनाई छ । उनका अनुसार घटना राती १२ बजेपछिको हो ।
– See more at: http://www.ratopati.com/news/80429/#sthash.hEPaGRv7.ydUgJ9NU.dpuf
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij