आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जाहेर दिने जेठा छोरा बेपत्ता भएपछि अस्पतालबाटै गङ्गामायाको बकपत्र

  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३



  • :jf:YodGqL yfkf–jL/ c:ktfn5 jif{b]lv 5f]/fsf] xTof/fnfO{ ;hfoF lbg'kg]{ dfu ub}{ uf]/vf km'h]nsL u+ufdfof clwsf/L jL/ c:ktfndf cfd/0f cgzgdf a;]sL l5g . ;q lbgcl3 pgsf] :jf:Yodf ;d:of b]lvPkl5 pgnfO{ cfO{l;o"df /flvPsf] 5 . pxfFsf] :jf:Yo cj:yfaf/] a'emg'x'Fb} :jf:YodGqL uug s'df/ yfkf . tl:a/M sNkgf kf}8]n,/f;;

    चितवन  ।  काठमाडौँको वीर अस्पतालमा उपचाररत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताएकी छिन् ।

    अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गङ्गामायासँग बकपत्र गरी आज अदालतमा पेस गरेको बकपत्र सहितको मिसिलमा सो कुरा उल्लेख छ ।

    बकपत्रमा गङ्गामायाले रुद्र आचार्यबाहेकका अन्य प्रतिवादीहरु गाउँछिमेकका मानिस भएको उल्लेख गरेकी छिन् । उनले भनिन् – “देखेचिनेकै व्यक्ति हुन्, त्यति ठूलो इबी त कसैसँग पनि होइन, मेरी माइली देवरानी प्रतिवादीमध्येकी सीता अधिकारीको अंश लगाउन जाँदा निज अधिकारीका मामा प्रतिवादी छविलाल पौडेल, कालीप्रसाद र जमुना पौडेलसहितले “तँ आफ्नो अंश लिई बसेको मान्छे किन अंशबन्डा लगाएको ठाउँमा आउनुप¥यो” भनी वादविवाद गरी धम्की दिएका थिए ।

    त्यहीबाट हाम्रो परिवार मास्ने इबी गरेका रहेछन् । निजहरुकै समूहका अन्य प्रतिवादीले हामीसँग रिसइबी राखेका हुन् ।” गङ्गामायाले आफ्ना छोरा कृष्णप्रसादलाई मार्नका लागि नेपाली सेनाको लेसनायक भएको निहुँ पारिएको पनि बकपत्रमा उल्लेख छ ।

    उनले भनेकी छिन् – “तेरा छोरा आर्मीमा जागिर खाई लेसनायक भएको भनी हामीले मारेका हौँ भनेर असारको १५ गते प्रतिवादीमध्येका छविलाल पौडेलले मेरै घरमा गई भनेका हुन् , हामीले मारिदियौँ, तँ मुसाले के गर्न सक्छस् भनी धक्कीसमेत दिएर गएका हुन् ।”

    गङ्गामायाले खासगरी मार्ने योजना बनाउने छविलाल पौडेल र जानुका पौडेल भएको भन्दै निजहरुसँगै विष्णु तिवारी, मेघनाथ पौडेल, कालीप्रसाद अधिकारी, रामप्रसाद अधिकारी, बाबुराम अधिकारी, हिमलाल, रुद्र शुभद्रा तिवारी, सीता अधिकारीसमेत पनि उक्त योजनामा संलग्न रहेको बताएकी छिन् ।

    गङ्गामायाले आफ्नो बकपत्रमा भनिन् – “मार्नेचाहिँ चितवनमै बस्ने भीमसेन पौडेल र परशुराम पौडेल हुन् । प्रतिवादी छविलाल र परशुराम पौडेल स्वयम्ले हामीले मारेका हौँ भनी अझ ठूला कुरा गरे राम्रो हुँदैन भनेका थिए । निजहरुले नै भनेको आधारमा मैले उल्लिखित प्रतिवादीहरुको संलग्नतामा मेरो छोरा मारेका हुन् भनेको हुँ ।”

    प्रतिवादीतर्फका अधिवक्ता गोपीलाल देवकोटाले लिएको बकपत्रको प्रतिलिपिमा गङ्गामायाले भनेकी छिन् – “कालीप्रसादका छोरा रामप्रसाद अधिकारीले जेठ २५ गते बिहान १० बजेतिरको समयमा गई तिमीहरुको छोरा कृष्णप्रसाद गाडी दुर्घटनामा परेको छ, भए रु आठ/१० हजार लिएर जानु प¥यो । अहिले अस्पतालमा उपचार भइरहेको छ भनेका थिए ।

    उनले थपे – “मेरा श्रीमान् भरतपुर अस्पताल पुगिसकेपछि ल भाइको त मृत्यु भइसकेछ भनी तिनै रामप्रसादसमेतले के–के कागज बनाई मेरो श्रीमान्को हात समाई सही गर्न लगाई लास बुझेर पोल्नसमेत उक्साएको मेरा श्रीमान् नन्दप्रसाद घर गइसकेपछि यसरी मारेछन् भनी सुनाएपछि थाहा पाएको हुँ ।”

    गङ्गामायाले पूर्व तयारीका साथ आफ्नो छोराको हत्या भएको बताएकी छिन् । बकपत्रमा गङ्गामायाले भनेकी छिन् – “प्रतिवादी भीमसेन र पर्शुरामबाहेक चितवनमा मेरो छोरा चिन्ने अरु कोही थिएनन् । मेरो छोरा कृष्णप्रसाद घरबाट निस्किएर चितवन गएकै दिन प्रतिवादी छविलाल मेरो घरमा गई छोराहरु कहाँ गए भनेर सोधेका थिए । मैले सिधै कान्छो चितवन गयो, ठूलो ट्युसन पढाउन गयो भने, वास्तवमा उनीहरु कुरा बुझ्न गएका रहेछन् ।” बकपत्रमा भनिएको छ “छविलालका छोरा प्रतिवादी पर्शुराम पौडेल र निजकै भतिजा भीमसेनलाई कृष्णप्रसाद चितवन आएको कुरा निजै छविलालले भनेका हुन् । आफूहरुको पनि घरायसी रिसइबी भएको हुँदा मेरो छोरा मार्नमा उनीहरुको संलग्नता थियो ।”

    छपन्न वर्षीया गङ्गामायाले जाहेरवाला जेठा छोरा नुरप्रसाद अधिकारी चार वर्षदेखि सम्पर्कमा नभएको र श्रीमान्को यसै अस्पतालमा स्वर्गवास भएको पनि बताएकी छिन् । बकपत्रका क्रममा उनले छोराको मार्ने मराउने कार्यमा संलग्न छविलाल पौडेल, भीमसेन, पर्शुराम, रामप्रसाद, जानुका समेतका व्यक्तिहरु मुख्य हुन् । बाँकी तिनैका समूहका व्यक्ति भएको बताएकी छिन् । कसुरबमोजिम अपराधीहरुलाई कारबाही होस् भन्ने उनको माग छ । गङ्गामायाले पोलिग्राफ टेस्ट गर्न नमान्ने अपराधीहरुलाई कारबाही हुनुपर्नेमा पनि जोड दिनुभएको छ ।

    सो मुद्दामा यही असोज ९ गते सुनुवाइ हुँदैछ । सो अदालतको ३७ वर्षको इतिहासमा पहिलोपटक अस्पतालका चिकित्सक डा मनेनप्रसाद गोर्खाली र अस्पतालका कानुनी सल्लाहकार पूर्णिमा गुरागाईंको रोहवरमा यही असोज २ गते स्रेस्तेदार पन्तले बकपत्र लिएका थिए ।

    विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएका थिए थियो । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

    चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारिखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् । जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ भने सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेल फरार छन् ।

    अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र सुभद्रा तिवारीलाई साधारण तारिखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल ‘अजीव’लाई प्रतिव्यक्ति रु २७ हजार धरौटी लिइ तारिखमा छोडेको छ । त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही रु २० हजार धरौटी लिइ तारिखमा छाडेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij