शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बहुला कुकुरको टोकाइबाट दुईको मृत्यु, १५ घाइते

  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३



  • रोल्पा ।  बहुला कुकुरको टोकाईबाट रोल्पामा २ जनाको ज्यान गएको छ । पूर्वी रोल्पाको सिर्प –५, सिमगिठाका ५३ वर्षिय हीराबहादुर पुन र ६५ वर्षिय खरवीर पुनको मृत्यु भएको स्थानीय नेमबहादुर खड्काले जानकारी दिए । हीराबहादुर पुनको उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको थियो भने खरवीर पुनको मंगलबार घरमै मृत्यु भएको हो ।

    खड्काका अनुसार गत भाद्र ९ गते सिर्प –५, कै श्यामबहादुर पुनको कुकुर बहुलाएर सोही गाउँका १७ जना मानिस र ६ वटा पशुचौपायलाई टोकेको थियो ।
    तर यतिधेरै क्षति भइसक्दा पनि उक्त घटनालाई प्रहरीमा समेत खबर नगरी गाउँमै घाइतेहरुको उपचार कुकुर मालिकले गर्ने शर्तमा मिलापत्र गरिएको थियो ।

    यस्तो संवेदनशील विषयमा समेत गाउँमै मिलापत्र गर्नुले मानवीय क्षतिसम्मको दुखद् घटना व्यहोर्नुपरेको स्थानीय बताउँछन् । यसबारेमा जिल्ला पशु सेवा कार्यालय रोल्पाले भने आफूलाई कुनै जानकारी नै नभएको बताएको छ ।

    जिल्ला पशु सेवा कार्यालय रोल्पाका पशु चिकित्सक निमबहादुर सिंहले यसबारेमा सोधखोज गर्दा दक्ष स्वास्थ्यकर्मीहरुबाट भ्याक्सिन सही तवरले नलगाईएको र पुरा डोज भ्याक्सिन समेत नलगाईएको कारणले यस्तो घटना घटेको बताए ।

    र्याल काढनु, रिंगटा लाग्नु रेविजकै लक्षण भएकाले यसबारेमा गम्भीर हुनुपर्नेमा उनले जोड दिए । मंगलबार दिउसोमात्र आफूले यसबारेमा जानकारी पाएकाले जिल्ला पशुसेवा कार्यालय रोल्पाले तत्कालै सोही स्थानमा सम्पूर्ण कुराको जानकारी र सही उपचार दिने पशु चिकित्सक सिंहले बताए ।

    घाइतेको अवस्था
    कुकुरको टोकाईबाट घाइते १७ जनामध्ये २ जनाको ज्यान गइसकेको छ भने तीनजना गम्भिर अवस्थामा छन् । मृतकहरुकोझैं ती तीनजनाको पनि ¥याल काढ्ने, आङ सिल्किने लक्षण भएकोले अवस्था थप जटिल बन्नसक्ने स्थानीय नेमबहादुर खड्का बताउँछन् । ती गम्भीर प्रकृतिका तीनजना विरामीलाई बुधबार बिहान १० बजे सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि स्वास्थ्यकर्मीले बोलाएको बताइएको छ ।
    केही घाइतेहरुले स्वास्थ्य केन्द्र सुलिचौरबाट भ्याक्सिन लगाएर समेत फर्किएको तर पुनः स्वास्थ्य संस्था ती विरामीहरु नफर्किएको स्वाथ्यचौकीले बताएको छ ।

    बहुलाएको कुकुरलाई स्थानीयले मारेका छन् । विरामीहरुको स्वास्थ्यलाई ख्याल नगरी गाउँमै मिलाउनु गलत भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।
    घटना भएको थाहा पाएलगत्तै प्रहरी पठाइएको र आवश्यक अनुसन्धान गरिने प्रहरी प्रमुख घर्तीमगरले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij