आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बहुला कुकुरको टोकाइबाट दुईको मृत्यु, १५ घाइते

  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३



  • रोल्पा ।  बहुला कुकुरको टोकाईबाट रोल्पामा २ जनाको ज्यान गएको छ । पूर्वी रोल्पाको सिर्प –५, सिमगिठाका ५३ वर्षिय हीराबहादुर पुन र ६५ वर्षिय खरवीर पुनको मृत्यु भएको स्थानीय नेमबहादुर खड्काले जानकारी दिए । हीराबहादुर पुनको उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको थियो भने खरवीर पुनको मंगलबार घरमै मृत्यु भएको हो ।

    खड्काका अनुसार गत भाद्र ९ गते सिर्प –५, कै श्यामबहादुर पुनको कुकुर बहुलाएर सोही गाउँका १७ जना मानिस र ६ वटा पशुचौपायलाई टोकेको थियो ।
    तर यतिधेरै क्षति भइसक्दा पनि उक्त घटनालाई प्रहरीमा समेत खबर नगरी गाउँमै घाइतेहरुको उपचार कुकुर मालिकले गर्ने शर्तमा मिलापत्र गरिएको थियो ।

    यस्तो संवेदनशील विषयमा समेत गाउँमै मिलापत्र गर्नुले मानवीय क्षतिसम्मको दुखद् घटना व्यहोर्नुपरेको स्थानीय बताउँछन् । यसबारेमा जिल्ला पशु सेवा कार्यालय रोल्पाले भने आफूलाई कुनै जानकारी नै नभएको बताएको छ ।

    जिल्ला पशु सेवा कार्यालय रोल्पाका पशु चिकित्सक निमबहादुर सिंहले यसबारेमा सोधखोज गर्दा दक्ष स्वास्थ्यकर्मीहरुबाट भ्याक्सिन सही तवरले नलगाईएको र पुरा डोज भ्याक्सिन समेत नलगाईएको कारणले यस्तो घटना घटेको बताए ।

    र्याल काढनु, रिंगटा लाग्नु रेविजकै लक्षण भएकाले यसबारेमा गम्भीर हुनुपर्नेमा उनले जोड दिए । मंगलबार दिउसोमात्र आफूले यसबारेमा जानकारी पाएकाले जिल्ला पशुसेवा कार्यालय रोल्पाले तत्कालै सोही स्थानमा सम्पूर्ण कुराको जानकारी र सही उपचार दिने पशु चिकित्सक सिंहले बताए ।

    घाइतेको अवस्था
    कुकुरको टोकाईबाट घाइते १७ जनामध्ये २ जनाको ज्यान गइसकेको छ भने तीनजना गम्भिर अवस्थामा छन् । मृतकहरुकोझैं ती तीनजनाको पनि ¥याल काढ्ने, आङ सिल्किने लक्षण भएकोले अवस्था थप जटिल बन्नसक्ने स्थानीय नेमबहादुर खड्का बताउँछन् । ती गम्भीर प्रकृतिका तीनजना विरामीलाई बुधबार बिहान १० बजे सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि स्वास्थ्यकर्मीले बोलाएको बताइएको छ ।
    केही घाइतेहरुले स्वास्थ्य केन्द्र सुलिचौरबाट भ्याक्सिन लगाएर समेत फर्किएको तर पुनः स्वास्थ्य संस्था ती विरामीहरु नफर्किएको स्वाथ्यचौकीले बताएको छ ।

    बहुलाएको कुकुरलाई स्थानीयले मारेका छन् । विरामीहरुको स्वास्थ्यलाई ख्याल नगरी गाउँमै मिलाउनु गलत भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।
    घटना भएको थाहा पाएलगत्तै प्रहरी पठाइएको र आवश्यक अनुसन्धान गरिने प्रहरी प्रमुख घर्तीमगरले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij