शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

नब्बे हजार भुटानी शरणार्थी अमेरिकामा

  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३



  • काठमाडौँ  ।  पुनर्वास कार्यक्रमअन्तर्गत नेपालबाट अमेरिका जाने भुटानी शरणार्थीको सङ्ख्या ९० हजार पुगेको छ ।

    नेपालका लागि अमेरिकाको दूतावासमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्ले अमेरिकामा पुनर्वास हुन गइरहेकी नब्बे हजारौँ नम्बरमा पर्नुभएकी भुटानी शरणार्थी सरिमाया ठटाललाई आज भेटी बिदाई गरे ।

    अमेरिकाको न्यू ह्याम्पसियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि प्रस्थान गर्न लागेको नेपालका लागि अमेरिकाको दूतावासले जनाएको छ ।

    सो अवसरमा राजदूत टेप्लिज्ले नेपाली जनता र सरकारले दशकौँदेखि अत्यन्त कृपापूर्वक भुटानी शरणार्थीलाई आतिथ्य सत्कार प्रदान गर्दै आएको बताउँदै शरणार्थीको तेस्रो मुलुक पुनर्वास हालैका वर्षमा अत्याधिक सफल शरणार्थी व्यवस्थापन विधि बनेको बताए ।

    स्वदेश फर्कन चाहने शरणार्थीलाई फिर्ता लिनका लागि अन्तर्राष्ट्रिय समुदायले भुटान सरकारसँग आग्रह गरिरहेको भएपनि नेपालमै बाँकी रहने शरणार्थीका लागि दीर्घकालीन समाधान पत्ता लगाउनु अति महत्वपूर्ण हुने उनको भनाइ छ ।

    नेपालमा २० वर्षभन्दा लामो अवधि शरणार्थी शिविरमा बिताएकी ठटालले संयुक्त राज्य अमेरिका पुगेपछि आफू र आफ्ना सन्तानका लागि नयाँ अवसर प्राप्त हुने विश्वास व्यक्त गरे ।

    अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम)का नियोग प्रमुख पल नर्टन र शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)का लागि नेपाल प्रतिनिधि केभिन एल्लेनले राजदूत टेप्लिज् पनि कार्यक्रममा सहभागी थिए ।

    तेस्रो मुलुकमा पुनर्वासमा गएका भुटानी शरणार्थीको सङ्ख्या एक लाख पाँच हजार पुगेको छ । अमेरिकाले नेपाल सरकार, युएनएचसिआर, आइओएम तथा अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्युजिल्याण्ड, नर्वे र बेलायतका सरकारसँगको समन्वयमा पूर्वी नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीलाई सन् २००७ देखि पुनर्वास गराउन थालेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij