शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

शङ्करपुरका बाढीपीडितको एक दशकदेखि जङ्गलमै बास

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३



  • कञ्चनपुर  ।  पुनःस्थापनाको कार्य नहुँदा एक दशकदेखि कञ्चनपुरको शङ्करपुरका बाढीपीडित परिवार जङ्गलमै बस्न बाध्य भएका छन् ।

    दोदा नदीको बाढीले विसं २०६५ देखि हालसम्म गरी शङ्कपुरका १६३ परिवारको २५० बिघा दर्ता जग्गा बगाई पूर्णरुपमा विस्थापित बनाई जङ्गलमा छाप्रो बनाएर बस्न बाध्य पारेको हो । स्थानीयवासीका अनुसार दोदा नदीले २०६५ सालमा शङ्करपुर गाविसको ७ नम्बर वडा नै बगाएको थियो ।

    दोदा नदीले घरजग्गा बगाएपछि विस्थापित परिवार शोभातालको डाँडामा बस्दै आएका छन् । एक दशकदेखि जङ्गलमा बस्दै आए पनि पुनःस्थापनका लागि कुनै निकायले चासो नदिँदा कष्ट सहेर बस्नु परेको विश्राम रानाले बताए । “दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएका बाढीपीडित परिवारका बालबालिका आर्थिक अभावले विद्यालय जानसमेत सकेका छैनन्,” उनले भने।

    आर्थिक रुपमा सम्पन्न भएका बसाइँ सरेर अन्यत्र गए आर्थिक रुपमा विपन्न परिवार जङ्गलमै बस्दै आएको उनले बताए । नदीले बायाँबाट दायाँतिर धार परिवर्तन गर्दै जाँदा उक्त जग्गमा बालुवाले पुर्दा काम नलाग्ने भएको शङ्करपुर–८ का बालकृष्ण डगौराले बताए । यस वर्ष मात्रै चार दिनको दोदा नदीमा आएको बाढीले शङकरपुर–७ र ८ का स्थानीय बासिन्दाको दुई बिघा १० कट्ठा जमिन बगाएको गाविसका सचिव सुरेन्द्र चन्दले बताए ।

    जग्गा कटानी र बस्ती जोगाउनका लागि तटबन्ध निर्माणको कार्यलाई निरन्तर रुपमा अगाडि बढाउनु जरुरी रहेको उहाँको भनाइ छ । यहाँका स्थानीयवासीले स्थायी प्रकृतिको तटबन्ध निर्माणको कार्यलाई यथाशीघ्र अगाडि बढाइनुपर्ने माग गरेका छन् । “दोदाबाट शङ्करपुर–८ र ९ उच्च जोखिममा छन्”, काशिराम जोशीले भने, “जनताको तटबन्ध कार्यालयले रु १४ करोडको लागतमा दोदा नदीमा दुई हजार ६५५ मिटर तटबन्ध बनाएको छ, यसलाई अझै सबै क्षेत्रमा विस्तार गरिनुपर्छ”, उनले भने ।

    कञ्चनपुरका आठ गाविस कृष्णपुर, देखतभुली, शङ्करपुर, श्रीपुर, वाइसेविचवा, कालिका, त्रिभुवनबस्ती तथा परासनमा दोदा नदीले बर्सेनि क्षति पुयाउँदै आएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाभरिमा ३५० भन्दा बढी पीडित रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij