आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घर भत्किएर किच्दा धनकुटामा एक महिलाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३



  • धनकुटा ।   धनकुटाको पाख्रीबासमा आज घर भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

    लगातारको वर्षाका कारण घर भत्किएर किच्दा पाख्रीबास नगरपालिका–८ खोलाखर्ककी ५३ वर्षीया नरमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घरले थिचिएर कार्कीको घटनास्थलमै मृत्यु भएको होे ।

    सोही घरमा बास बसेका एक बटुवा पनि घाइते भएका छन् । उनको पहिचान हुन बाँकी छ । घर भत्किएर पुरिएका उनलाई उद्धार गरी निकालेर उपचारका लागि पठाइएको स्थानीय दीपा तामाङले जानकारी दिए । उनका अनुसार मङ्गलबार रातिदेखि लगातार वर्षा हुँदा आज बिहान करिब ८ः३० बजे घर भत्किएको हो ।

    घटनापश्चात प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij