आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घिसिङको नियुक्तिमा छलफल गर्न सर्वोच्चले दुवैपक्षलाई बोलायो

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३



  • काठमाडौं  । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति गर्ने सरकारको निर्णय रोक्ने -नरोक्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको बुधबारको इजलासले अन्तरिम आदेशको बारेमा छलफल गर्न सरकार र रिट निवेदकलाई १४ असोजमा बोलाएको हो ।

     अदालतले नियुक्तिमा कारण देखाउ आदेश पनि जारी गरेको छ । ऊर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले २९ भदौमा घिसिङलाई कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्ती गरेका थियो । कार्यसम्पादनमा अनुतीर्ण मुकेश काफ्लेले कार्यकारी निर्देशकबाट राजीनामा गरेपछि सरकारले घिसिङलाई नियुत्त गरेको थियो ।

    रकारले प्रक्रिया मिचेर घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ती गरेको भन्दै प्राधिकरणका चारजना उपकार्यकारी निर्देशकले मंगलवार सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उर्जामन्त्रालय, विद्युत प्राधिकरणलगायतलाई विपक्ष बनाएका थिए ।

    सरकारले प्रक्रिया नपु¥याई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ती गरेको भन्दै प्राधिकरणका उपकार्यकारी निर्देशकहरु शेरसिंह भाट, सुनिल ढुंगेल, कन्हैया मानन्धर र सुरेन्द्र राजभण्डारीले संयुक्त रुपमा रिट दायर गरेका हुन् । रिटमा उनीहरुले घिसिङको नियुक्ती खारेजीका लागि अन्तरिम आदेशको माग गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij