प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३
दाङ । नेपाली काँग्रेसका नेता एवं सांसद डिल्लीबहादुर चौधरीले मंगलवार क्वाङखोला पुलको उद्घाटन गरेका छन् । उरहरी र हस्नापुर जोड्ने उक्त पुल २०७१ सालको बाढीले बगाएपछि फेरि निर्माण गरिएको हो । पूल निर्माणमा सांसद चौधरीको महत्वपूर्ण देन छ ।
तुलसीपुर १९ स्थित क्वाङखोलामा नव निर्मित पुलको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले विकास निर्माणको सवालमा आफुलाई कामको भारी बोकाउन आग्रह गरेका हुन ।
विकासे योजनाहरुको सवालमा जिम्मेवारी र कामको भारी बोकाएर आफुलाई जिम्मेवारी निर्वाहगर्न अराउन उनले आग्रह गरेका थिए । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य शोभाराम बस्नेतले क्वाङखोलाको पूल निर्माणमा भूमिका खेलेको भन्दै सांसद चौधरीको खुलेरै प्रशंसा गरेका थिए ।
उनले भने ‘ काँग्रेस नेता खुमवहादुर खड्काले गरेका विकासका कामहरु अविस्मरणिय र अतुलनिय छन् , अब त्यसको सिको तपाँई गर्नुहोस ।’ सांसद चौधरीलाई एमाले नेता बस्नेतले पटक पटक खुमवहादुर खड्का जस्तै विकास प्रेमी नेता बन्न आग्रह गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दे नेपाली काँग्रेस दाङ क्षत्र नं. ४का सभापति जगतवहादुर खड्काले जनता जागरुक भएका मात्रै विकासले गति लिने भएकोले जनता विकासका लागि अग्रसर हुनुपर्ने बताए ।
तुलसीपुर १९ नं. वडाका वडा सचिव मानवहादुर रावतले पनि सांसद चौधरीले विकास निर्माणमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । दाङका स्थानीय विकास अधिकारी रमेश गौतमको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर थम प्रशाद पाण्डेले क्वाङखोलाको पूल निर्माण गर्न ९२ लाख ९६ हजार ३ सय ४६ रुँपैया खर्च लागेको बताए ।
१३.४० मिटर लम्वाई र ४ . ८५ मिटर चौडाईको उक्त पुलको लागि तार जालि थप्नु परेकोले खर्च बढी लागेको बताए । उक्त पुल २०७१ साल साउन २९ गते रातिको बाढीले बगाएको थियो । पुल उद्घाटन कार्यक्रमलाई नेपाली काँग्रेस दाङका सदस्य हरिहर पौडेल,ठेकेदार पूर्ण भण्डारी , समाजसेवी गुरु प्रशाद आचार्य, नेकपा एमालेका प्रतिनिधि खिमबहादुर मल्ल, १९ नम्वर वडा नागरिक मञ्चकी संयोजक गायत्रा डाँगी, स्थानीयवासी हरिभक्त कार्की लगाएयतले सम्वोधन गरेका थिए । कार्यक्रमको सहजीकरण नन्दराम जैसीले गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij