प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३
काठमाडौं । गैर-आवासीय नेपाली संघको ११ औं बार्षिक साधारण सभा सफलता पूर्वक भव्य रुपमा सम्पन्न भएको छ । आइसीसी सदस्य रमेश कुमार गुरुङ प्रमुख अतिथि, एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष तथा जनसम्पर्क समिति युरोपका कार्यबाहक अध्यक्ष पूर्ण हमाल, नेपाल आदिबासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष नरभूपाल राई विशेष अतिथि तथा अन्य संघ संस्थाका अध्यक्षहरुलगायत समाजसेवी व्यवसायीहरु अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता एनआरएन पोर्चुगलका अध्यक्ष भिम कमल केसीले गरेका थिए ।
प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरि सुरु गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा रमेश कुमार गुरुङ, नर भुपाल राई, लक्ष्मी सापकोटा, गोबिन्द पौडेल, डोलराज भण्डारी, पेम्बा गेल्बु शेर्पा, दामोदर सुवेदी, सीता बराल र धन शेर्पाले शुभकामना मन्तब्य राखेका थिए भने उपाध्यक्ष राजन शेरचनले स्वागत मन्तब्य राखेका थिए ।
दोस्रो चरणको बन्द सत्रमा महासचिव सोम फुरी शेर्पाले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपक श्रेष्ठले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उठेका प्रश्नहरुको चित्त बुझ्दो जवाफ पछि तालि बजाएर दुवै प्रतिवेदन पास गरिएको थियो भने आकस्मिक कोष संचालन कार्यविधि र संसोधन विधान पनि बार्षिक साधारण सभाले पास गरेको थियो ।
फेसबुक तथा मिडियामा आए जस्तो आर्थिक हिनामिनाका कुनै समस्या देखिएको थिएन भने आयतर्फ ६०, ८१९.०४ यूरो र खर्च तर्फ ३९,५०९.८७ यूरो र बचत २१३०९.१७ यूरो प्रस्तुत आर्थिक प्रतिवेदनमा देखिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij