शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ग्लोवल स्टुडेन्ट इन्टरप्रेन्यूर्स अवार्डका लागि आवेदन खुला

  • प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३



  • काठमाडौ  ।   यूवा उद्यमीहरुको एक संगठन इन्टरप्रेन्यूर्स अर्गनाइजेशन नेपाल शाखाले ग्लोवल स्टुडेन्ट इन्टरप्रेन्यूर्स अवार्ड नेपालका लागि आवेदन खुला गरेको छ । यो कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघमा रहेको युवा उद्यमी मञ्चसँगको सहकार्यमा हुन लागेको हो ।

    यो स्नातक अध्ययन गरिरहेका यूवा उद्यमीहरुका लागि ल्याइएको कार्यक्रम हो । यसमा सहभागी युवा उद्यमीहरुले केही वर्षको अन्तरालमै हजारौको रोजगारी सृजना गर्नुका साथै निकै धेरै आम्दानी समेत गर्न सकेको जनाइएको छ ।

    यसको अन्तिम घोषणा कार्यक्रम आगामी १५ डिसेम्बर २०१६ मा काठमाडौंमा हुने जनाइएको छ भने नेपालमा अवार्डका लागि फर्म वुझाउने अन्तिम म्याद १५ नोभेम्बर तोकिएको छ । प्रतिष्ठित कलेजबाट स्नातक अध्ययन गरिरहेका विद्यार्थीले कार्यक्रममा सहभागी हुन सक्ने छन् । साथै प्रारम्भमा विद्यार्थीहरु कम्तीमा ६ महिनादेखि कुनै आयमुलक उद्यममा सहभागी भएको हुनुपर्ने छ ।

    आवेदन छनौट पछि चुनिएका विद्यार्थीहरुले उद्यमशीलता सम्बन्धी योजना प्रस्तुत गर्ने अवसर पाउने छन् ।

    अवार्ड जित्ने यूवा विद्यार्थी उद्यमीले नगद ५० हजारका साथै जर्मनीमा हुन लागेको जीएसइएको विश्व प्रतिस्पर्धामा भाग लिन र नगद ४० हजार अमेरिकी डलर तथा विभिन्न व्यवसायिक सेवाहरु सहित पुरष्कार जित्ने अवसर समेत पाउने छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij