काठमाडौ । पाकिस्तानको रावलपिण्डी चेम्बर अफ कर्मसको आयोजनामा बिहीबारदेखि काठमाडौंको वल्र्ड टे«ड सेन्टरमा मेड इन पाकिस्तान प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको पूर्वगभर्नर हिमालय शमसेर जबराले उद्घाटन गरेका छन् ।
प्रदर्शनीमा पाकिस्तानमा उत्पादित गहना, कपडा, छालाबाट निर्मित जुत्ता, ब्याग, ज्याकेटलगायतका सामाग्री राखिएका छन् । आयोजकले यसपटक गतवर्ष भन्दा स्टलको संख्या बढाएको जनाएको छ ।
गत वर्षको प्रदर्शनीमा ४० वटा स्टल राखिएकामा अवलोकनकर्ताले पाकिस्तानी उत्पादन मन पराएको भन्दै यस पटक ५७ वटा स्टल राखिएका छन् ।
प्रदर्शनी असोज १२ गतेसम्म चल्ने जनाइएको छ । रावलपिण्डी चेम्बर अफ कर्मसले काठमाडौमा मेला गरेको यो सातौं पटक हो । रावलपिण्डी चेम्बर अफ कर्मसका पदाधिकारीले नेपाली र पाकिस्तानी नागरिकबीच आत्मियता बढाउन सहयोग पुगोस् भनेर प्रदर्शनी गरेको बताएका छन् ।