आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नयाँ पत्रकार आचारसंहिता जारी

  • प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३



  • काठमाडौँ  । पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता, २०७३ जारी गरेका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा आज प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासङ्घ अध्यक्ष डा महेन्द्र विष्टले संयुक्त रुपमा आचारसंहिता जारी गरेका हुन् ।

    आचारसंहिता जारी गरेपछि संयुक्त रुपमा काउन्सिल अध्यक्ष कार्की र महासङ्घ अध्यक्ष विष्टले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आचारसंहिता बुझाए ।

    आचारसंहिता जारी गर्दै काउन्सिलका अध्यक्ष कार्कीले बदलिँदो पत्रकारितासँग आमसञ्चारमाध्यम र पत्रकारलाई थप जिम्मेवार र उत्तरदायित्व बनाउनका लागि नयाँ आचारसंहिता जारी गरिएको बताए ।

    उनले नयाँ आचारसंहितामा अनलाइन पत्रकारितालाई समेटिएको जानकारी गराए । “पहिलेको आचारसंहिता छापामाध्यममा बढी केन्द्रित थियो”, उनले भने – “नयाँमा छापासँगै, रेडियो टेलिभिजन र अनलाइन माध्यमलाई पनि समेटेर तयार गरिएको छ ।”

    अध्यक्ष कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरुलाई पनि आचारसंहितामा समेटिएको जानकारी गराए ।

    नयाँ आचारसंहिता जारीसँगै पुराना ‘पत्रकार आचारसंहिता–२०६०’ ९संशोधन तथा परिमार्जित, २०६४० खारेज गरिएको छ ।

    नयाँ जारी गरिएको आचारसंहितामा १५ बुँदामा पत्रकारितामा निर्वाह गर्नुपर्ने कुरा उल्लेख गरिएको काउन्सिलका उपप्रशासकीय अधिकृत दीपक अधिकारीले जानकारी गराए ।

    उनका अनुसार नयाँ आचारसंहितामा बालबालिका, महिला तथा पिछडिएका क्षेत्रका समाचार लेख्दा थप पालना गर्नुपर्ने र अनलाइन सञ्चारमाध्ययमले समाचार प्रकाशित गरेपछि हटाउन नपाउने नयाँ व्यवस्था गरिएको छ ।

    यसैगरी प्रत्येक सञ्चारमाध्यमले आफ्नो छुट्टै आचारसंहिता बनाउन सक्ने र त्यसलाई काउन्सिलले अनुगमन गर्ने कुरा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij