शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पाकिस्तानी हस्तकला व्यापार मेला सुरु

  • प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३



  • kfls:tfgL x:tsnf Jofkf/ d]nf sf7df8f}Fsf] jN8{ 6«]8 ;]G6/df /fjnlkG8L r]Da/ ckm sdz{ kfls:tfgsf] cfof]hgfdf laxLaf/b]lv ;'? ePsf]] ;ftf}F kfls:tfgL x:tsnf Jofkf/ d]nfsf] pb3f6g ub}{ jfl0fHo dGqfnosf ;lrj ªOGb|k|;fb pkfWofo, g]kfn–kfls:tfg d}qL ;dfhsf cWoIf lxdfnozDz]/ ha/f, g]kfnsf nflu kfls:tfgL /fhb"t dem{ hfj]bnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौँ   । सातौँ पाकिस्तानी हस्तकला व्यापार मेला आजदेखि काठमाडौँको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सुरु भएको छ ।

    रावलपिन्डी चेम्बर अफ कमर्शको आयोजनामा सुरु भएको व्यापार मेलामा वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाल र पाकिस्तानबीच पुरानो सम्बन्धलाई मेलाले थप प्रगाढ गराउने विश्वास व्यक्त गरे । “मेलाले पाकिस्तानको सामग्री नेपालमा आयात गर्न तथा नेपालको सामग्री पाकिस्तानमा निर्यात गर्न थप मद्दत पुग्छ,” उनले भने ।

    सचिव उपाध्यायले पाकिस्तानी सामान नेपाल आयात गर्न तथा नेपाली सामान पाकिस्तान निर्यात गर्न यातायातको ठूलो समस्या रहेको भन्दै सहज भएमात्र सहुलियत दरमा सामग्री पाइने स्पष्ट पारे ।

    नेपाल–पाकिस्तान मैत्री समाजका अध्यक्ष हिमालयशम्शेर जबराले नेपाली बजारमा पाकिस्तानी हस्तकलाले पर्याप्त बजार पाएको बताउनुभयो । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तानी हस्तकलाका सामानलाई नेपाली बजारमा चिनाउन मेलाले सहयोग पुगेको बताए ।

    नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष सुनिल चित्रकार, ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष सवीन श्रेष्ठलगायतले नेपालको हस्तकला निर्यातमा पाकिस्तानको ठूलो भूमिका रहेको बताए । मेलामा कपडा, छालाका सामग्री, धातुका सामान, काष्ठकलालगायत सामग्री राखिएका छन् । सो मेला असोज १२ गतेसम्म चल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij