आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्पको डसाइबाट चारवर्षीय बालकको मृत्यु, सर्पदंशका दैनिक १५ विरामी

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  • पर्सा  ।   विषालु सर्पको डसाइबाट आज बिहान वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ४ वर्षीय बालकको मृत्यु भएको छ । बारा जिल्लाको गढीमाई नगरपालिका–१५ डुम्मरवाना नयाँ बस्ती निवासी ध्रुव दुलालको ४ वर्षीय छोरा श्याम दुलालको मृत्यु भएको हो ।

    घरमा सुतिरहेका श्यामलाई बिहान १ बजेको समयमा विषालु सर्पले डस्दा गम्भीर बिरामी भई उपचारका लागि उप–क्षेत्रीय अस्पतालमा ल्याउँदा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बढ्दै गएको गर्मी र वर्षाको कारण खेत तथा खुल्ला स्थानमा पानी जमेपछि उच्च स्थानतर्फ विशालु सर्प आउन थालेपछि तराईको बारा, पर्सामा सर्प दंशको घटना बढ्दै गएका छन् ।

    आहारा र सुरक्षाको खोजीमा उच्च स्थान तथा बस्तीतर्फ आएका सर्पले डस्दा दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी अस्पताल आउने गरेको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा राकेश झाले जानकारी दिए । अस्पताल आउने बिरामीमध्ये आधा विषालु सर्पको डसाइबाट बिरामी हुने गरेको डा झाको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij