आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एकद्वार सेवा : भद्रपुर नेपालमै पहिलो

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  • भद्रपुर   ।  ‘द्वार एक सेवा अनेक’ सोचका साथ भद्रपुर नगरपालिकाले आफ्ना सेवाग्राहीलाई सेवा प्रदान गर्ने व्यवस्था गरेको छ ।

    आजदेखि सुरु हुने सो सेवाका लागि भवन मर्मतसम्भार, प्रविधि र व्यवस्थापनमा नगरपालिकाले रु ३३ लाख खर्च गरी सो व्यवस्था मिलाएको भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताए ।

    यो सेवाबाट आमसेवाग्राहीलाई विद्युतीय टोकन मेसिन, अडियोसहितको उजुरीपेटिका, आफ्ना पालो नआएसम्म बातानुकुलित कक्षमा विश्रामको व्यवस्था, नगरपालिकाको कामकारबाहीमा पारदर्शिता झल्किने गरी नाइटभिजनसहितको सिसी क्यामेरा र उचित सल्लाह एवम् परामर्शका लागि सहायता कक्षको व्यवस्थापन गरिएको छ ।

    सम्भवतः नगरपालिकामा यस्तो व्यवस्था नेपालमै पहिलोपटक झापाको भद्रपुर नगरपालिकामा सुरु भएको र यस्तो व्यवस्थाले आम नागरिक नगरपालिकाबाट पूर्णरुपमा सेवा पाउने आशा राखिएको कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij