आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पत्रकार व्यावसायिक बन्नुपर्दछः मन्त्री थापा

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  • चितवन  ।   स्वास्थ्यमन्त्री गगनकुमार थापाले पत्रकारका संस्था सक्षम भए आम पत्रकार सक्षम बन्न सहयोग पुग्ने बताउनुभएको छ ।
    नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनको निर्माणाधिन भवनको आज अवलोकन गर्दै उहाँले पत्रकार व्यावसायिक बन्नुपर्नेमा जोड दिए ।

    मन्त्री थापाले पत्रकारिता क्षेत्रबाट पत्रकार बाँच्न सक्नुपर्ने भन्दै त्यसका लागि सरकारी तवरबाट हुनसक्ने सहयोगका लागि सरकार सकारात्मक बन्नुपर्ने पनि बताए ।

    देशमा नै पहिलोपटक नेपाल प्रेस युनियन चितवन शाखाले आफ्नै भवन बनाउन लागेकोमा खुसी व्यक्त गर्दै उनले यसले देशका अन्य शाखालाई पनि प्रेरणा मिल्ने बताए ।

    जग्गा दान गर्ने समाजसेवी मैयादेवी श्रेष्ठ, आर्थिक सहयोग गर्ने दाता र निर्माणमा जुट्ने पत्रकारप्रति मन्त्री थापाले आभार व्यक्त गरे ।

    सोही क्रममा भेटघाट रेस्टुराँका सञ्चालक गोविन्दप्रसाद तिवारीले भवन निर्माणका लागि मन्त्री थापा मार्फत नेपाल प्रेस युनियनलाई रु एक लाख पाँच हजारको चेक हस्तान्तरण गरे ।

    सो अवसरमा युनियनका जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारीले भवनका बारेमा जानकारी गराए ।

    वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर उपमहानगरपालिका–११ बसेनीमा प्रदान गर्नुभएको १३ धुर जग्गामा निर्माणधीन भवन अब करिब तीन महिनामा सम्पन्न हुने युनियनका जिल्ला उपाध्यक्ष पूर्ण शर्माले जानकारी दिए । भवन निर्माणका लागि आवश्यकपर्ने रु ३८ लाखमध्ये अहिलेसम्म रु २९ लाख सङ्कलन भइसकेको छ ।

    सो अवसरमा युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ र भवन निर्माण सहयोग समितिका संयोजक प्रमोदकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij