आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दसैँका लागि नागरिक सहायता कक्ष सञ्चालन

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  • aNv'df gful/s ;xfotf sIfdxfgu/Lo k|x/L sfof{nosf k|x/L gfoj dxflg/LIfs ldªdf/ nfdf aNv'df gful/s ;xfotf sIfsf] z'qmaf/ pb3f6g ub}{ . tl:a/ M s[i0f/fh uf}td, /f;;

    काठमाडौँ   ।   महानगरीय ट्राफिक प्रहरी प्रभागद्वारा बल्खुमा नागरिक सहायता कक्ष आजदेखि सञ्चालन गरिएको छ ।

    दसैँमा घर जान चाहने यात्रु तथा त्यस क्षेत्रमा ट्राफिक सूचना लिन बटुवा वा सावारी चालक र व्यवसायीलाई आवश्यक सहयोग गर्ने उद्देश्यले सो कक्ष सञ्चालनमा ल्याइएको हो ।

    यहाँ आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले ट्राफिकको समस्या न्यूनीकरण गर्न सबैको सहयोगको खाँचो औँल्याए । उनले सो कक्ष सञ्चालन भएपछि त्यस क्षेत्रमा यातायात क्षेत्रका बिचौलियाको अन्त्य हुने र सेवाप्रदायक तथा उपभोक्ता दुवै पक्षलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

    प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले काठमाडौँ उपत्यकाका विभिन्न १२ स्थानमा सो कक्ष सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै बल्खु, कलङ्की र नयाँ बसपार्कबाट सेवा सुरु भएको बताए ।

    नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष विजयबहादुर स्वाँर, नेसनल अटोमोबाइल डिलर एसोसिएसन अफ नेपालका सचिव कृष्णप्रसाद दुलाल, व्यवसायी रत्नकुमार श्रेष्ठ, रामकृष्ण कुँवर र स्थानीय समाजसेवी मोहनकुमार बस्नेतले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक, व्यवसायीको सहकार्य र समन्वयको जरुरी रहेको बताए ।

    स्थानीय सिखरापुर यातायात लिका अध्यक्ष गुन्जमानसिंह बस्नेतले बारा, पर्सा, रौतहट, मकवानपुर क्षेत्रका यात्रुहरु त्यस मार्ग भई आवतजावत गर्ने जानकारी दिँदै दैनिक दुई हजार भाडाका सवारी साधन त्यस क्षेत्रमा गुड्ने हुँदा सडक निर्माण कार्य चाँडो सम्पन्न गर्न माग गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij