प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३
जलेश्वर । जलेश्वर भिठामोड सडक खण्डमा एक भारतिय पर्यटक बस र एक ट्रक फसेको आज तिन दिन भैसक्दा पनि स्थानिय प्रसासन र सडक विभागले कुनै चासो देखाएको छैन ।
यसअघि मात्रै सडक मर्मत र निर्माणका लागि ९ दिनसम्म अनसनमा वसेका अनसनकारीहरुले बुधवार अनसन तोडेका थिए ।
बस जतिसुकै वेलापनि पल्टिन सक्ने अवस्थामा रहेको र ट्रक समेत सडकको मध्यभाग मै फसेको छ । सडकमै सवारी साधनहरु खाल्डोमा फसेपछि यातायात पुर्णरुपमा अवरोध हुन सक्ने भएपनि सरोकारवाला निकाय भने गम्भिर नदेखिएको स्थानियहरुको आरोप छ ।
भारतको कलकत्ताबाट पशुपतिनाथ दर्शन गर्न भनि उदेश्यले नेपाल छिरेको बस रातो नदिमा आएको बाढीको पानी भिठामोड जनकपुर सडक खण्डमा २ फिट भन्दा माथी रहेकोले यसरी सवारी साधनहरु त्यसमा फस्ने गरेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले समेत विहिवार सो स्थल अनुगमन गर्दै हुलाकी सडक योजना प्रमुख अर्जुन यादवलाई तुरुन्त राहत कार्य जारी गर्न दिएको निर्देशनको समेत वेवास्ता गर्दै योजना प्रमुख कानमा तेल हालेर सुतेको अवस्था छ ।
विहिवार स्थानिय पत्रकारले समेत हुलाकी सडक योजना प्रमुख यादवलाई वस्तु स्थितिवारे अवगत गराउदै तुरुन्त क्रेन वा सो सवारी साधनहरु खाल्डोबाट निकाल्न सक्ने उपकरणहरु पठाईदिन अनुरोध गर्दा उहाँले उपकरणहरु जनकपुरबाट पठाईसकेको र केहि वेरमै त्यहा पुगी राहत दिने आश्वासन दिदा समेत त्यो केहि वेर आज शुक्रवार सम्म पनि भएको छैन ।
बुधवारको राष्ट्रिय दैनिक पत्रिकाहरुमा विज्ञप्ती प्रकाशित गर्दै भौतिक योजना तथा यातायात मन्त्रालयले सडक संयुक्त संघर्ष समितिले अघि सारेको ५ बुंदे मांग सम्बोधन गर्दै अनसनकारीहरुलाई अनसन तोड्न आव्हान गरेका थिए । अनसनकारीहरुले अनसन ताड्ने वितिक्कै सवारी साधनहरु फसेको र सडक विभाग उदासिन भएको वेला अनसनकारी सत्येन्द्र यादवले यस्ता कार्यले सरकारको नियतमाथी शंका उत्पन्न गरेको बताउँछन ।
यता तिन दिनसम्म नेपाल सरकारले राहत नपठाएपछि बाध्य भएर भारतबाट क्रेन भाडामा ल्याएर बस निकाल्ने प्रयास भैरहेको बसका सहचालकले बताएका छन । साथै उनले नेपाल सरकारको आफुहरु प्रतिको हेय भावना समेत प्रष्ट देखिएको बताउदै यस्तो व्यवहारले नेपालमा भारतिय धार्मिक पर्यटकहरुको संख्या कम हुदै जाने समेत बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij