शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

‘शहीद’ सहिद भएकामा आपत्ति

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  •  काठमाडौँ   ।   भाषाविद्हरुले नेपाली भाषा र वर्णविन्यासमा सुधार गर्दा राष्ट्रियस्तरमा छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन् ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘निर्विवाद नेपाली वर्णविन्यास तथा देवनागरी लिपि किन विवादित तथ्य र वास्तविकता’ विषयको कार्यक्रममा उनीहरुले ‘शहीद’लाई हेपेर सहिद तथा झण्डालाई हेपेर ‘झन्डा’ बनाइएकामा आपत्ति प्रकट गर्दै कर्णेल, राणा र शाह भने ठीकै गरेको देखिए पनि राईलाई ‘राई’ नै राखेर लिम्बूलाई होच्याएर ‘लिम्बु’ बनाएको विचार प्रकट गरे ।

    कार्यक्रममा भाषाविद् शरच्चन्द्र वस्तीले नेपाली भाषामा सुधार गर्नुअघि विभिन्न विद्वान्सँग छलफल गर्ने तथा त्यसबाट आउने प्रतिक्रियामाथि राष्ट्रियस्तरमा बहस गर्नुपर्ने विचार प्रकट गरे ।
    भाषाविद् चूडामणि गौतमले भाषाको समृद्धिका लागि अन्य भाषाबाट पनि जस्ताको तस्तै शब्द प्रयोग गर्ने प्रचलन रहेको बताए । शिक्षाविद् विद्यानाथ कोइरालाले नेपाली भाषामा रहेका जटिलतालाई सरलतामा ल्याउन अप्ठ्यारा फुकाउनु आवश्यक रहेकामा जोड दिए ।

    पत्रकार एवम् साहित्यकार हरि अधिकारीले नेपाली भाषामा सुधार ल्याउने राम्रो मनशायले सो कदम चालिएको भए पनि भाषामा चलाउनै नहुने क्षेत्रमा अनधिकृत रुपमा हस्तक्षेप गरेकामा असन्तोष प्रकट गरे ।

    नेपाली भाषा बचाऊ अभियानका संयोजक डा बलदेव शर्मा अधिकारीले एउटै सरकारी मन्त्रालयभित्र रहेका विभिन्न निकायबीच फरक फरक शैलीपुस्तिका र वर्णविन्यास रहेको बताउँदै प्रज्ञा–प्रतिष्ठानले सुरु गरेको सुधार कार्यक्रम नेपाली भाषामाथि आस्था राख्नेमाथिको प्रहार भएको विचार प्रकट गरे ।

    नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले नेपालमा भाषासम्बन्धी सुधार गर्ने कार्य गरेपछि त्यसका लागि पर्याप्त छलफल गर्नुपर्ने भएकाले कानुन व्यवसायीले छलफल तथा बहसको प्रक्रिया अगाडि सारेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij