आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

११ वटा पार्टी खारेज, ८२ वटा पार्टीले बुझाएनन् आय विवरण

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • काठमाडौं   ।  निर्वाचन आयोगले आयव्यव विवरण पेश नगर्ने ११ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । वार्षिक रुपमा बुझाउनुपर्ने आय–व्यव विवरण बुझाउन बारम्बर तोकता गर्दा पनि विवरण नबुझाएको भन्दै आयोगले ती दलहरुको दर्ता खारेज गरेको हो ।

    ‘प्रचलित कानूनी व्यवस्थाको बेवास्ता गरी मिति २०७३।३।२१ गोरखापत्र दैनिक पत्रिकामा आयोगको सूचना प्रकाशन भएपश्चात आयोगले तोकेको भनाई पेश गर्ने अवधिमा समेत आय–व्ययको विवरणको वार्षिक प्रतिवेदन तथा भनाई पेश नगर्ने निर्वाचन प्रयोजनको लागि दर्ता भएका देहायका राजनीतिक दलहरूको निर्वाचन आयोग ऐन, २०६३ को दफा २४ को उपदफा (१) को खण्ड (ख) बमोजिम दर्ता खारेज गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मांका अनुसार दलको दर्ता खारेज हुने दलहरूले प्राप्त गरेको नाम, निर्वाचन चिन्ह र झण्डा दलको दर्ता खारेज गर्ने निर्णय भएको मितिले एक वर्षसम्म अन्य कुनै राजनीतिक दलले प्रयोग गर्न भने पाउने छैनन् । तिनलाई फ्रिजमा राख्ने र उक्त विषयमा सर्वसाधारणको जानकारीको लागि नेपाल राजपत्रमा सूचना प्रकाशनको गर्ने उनले विज्ञप्तिमा बताएका छन् ।

    %e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a5%a9

    आय–व्यय विवरणको वार्षिक प्रतिवेदन नबुझाउने र आयोगले तोकेको भनाई पेश गर्ने अवधिमा चित्त बुझ्दो भनाई पेश नगर्ने तथा सो अवधिमा समेत आय–व्ययको विवरणको वार्षिक प्रतिवेदन तथा भनाई पेश नगर्ने ८२ वटा दललाई १०० रुपैयाँ जरीवाना गर्ने र प्रचलित कानूनको म्यादभित्र निर्धारित ढाँचामा दलको आय–व्ययको विवरणको वार्षिक प्रतिवेदन पेश गर्न सचेत गराउने निर्णय गरेको छ ।

    यस्ता छन् ती दलहरुः

    %e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a5%a7%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a5%a8

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij