शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • b;}Fsf] nflu l6s6 a'lsª b;}F dgfpg 3/ hfgsf nflu gofF a;kfs{df z'qmaf/b]lv v'n]sf] clu|d l6s6 sfp06/df l6s6 a'lsª u/fpg]x?sf] eL8 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

    काठमडौं  ।  यातायात व्यवसायीहरुले दशैं पर्वका लागि टिकट बुकिङ खुलाएका छन् ।

    व्यवसायीहरुले दशैं सुरु हुन एक साता मात्र बाँकि रहँदा शुक्रबार लामो दूरीका गन्तव्यहरुको टिकट बुकिङ खुलाएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले टिकट बुकिङका लागि बसपार्क, सुन्धारा लगायतका स्थानमा २४ वटा काउण्टरको व्यवस्था गरिएको जानकारी दिएको छ । मध्यम दूरीको टिकट बुकिङ भने असोज १० गते मात्र सुरु गर्ने महासंघका कोषाध्यक्ष सुरेश पौडेलले जानकारी दिए ।

    dashain-ticket-line-3व्यवसायीहरुले ढिला गरी बुकिङ खुलाएका कारण काउण्टरहरुमा यात्रुहरुको ठूलो भीड लागेको छ । टिकट बुकिङ गराउन कतिपय यात्रुहरु विहान चार बजे नै नयाँबसपार्कस्थित काउण्टरमा पुगेका थिए । यात्रुहरुले लामो लाइनका कारण टिकट बुकिङ गराउन चार घण्टासम्म पर्खनुपरेको बताएका छन् । उनीहरुले निर्धारित भाडादरभन्दा बढी मूल्य तिर्नुपरेको पनि बताएका छन् ।

    dashain-ticket-line-5व्यवसायीहरुले बढी भाडा लिनका लागि टिकटमा लामो गन्तव्यको नाम लेखेको यात्रुहरुको भनाइ छ । कैलालीको लम्की जाने टिकटका लागि बसपार्क पुगेका यात्रुले काउण्टरमा खटिएका कर्मचारीले धनगढीसम्मको टिकट भिडाएर १ सय ५० रुपैयाँ बढी लिएको गुनासो गरे ।

    dashain-ticket-line-2प्रहरीले टिकटको मूल्यमा हुने ठगी, फर्जी टिकट लगायतका बारेमा उजुरी गर्न बसपार्क लगायतका विभिन्न १२ स्थानमा नागरिक सहायता कक्षको व्यवस्था गरेको छ । तर यात्रुहरुले कुनै गुनासो नगरेको प्रहरीले बताएको छ । व्यवसायीहरुका अनुसार दशैंका बेला १५ लाखभन्दा बढी यात्रु टिकट बुकिङ गराएर घर जाने गरेका छन् । गत वर्ष भारतले लगाएको नाकाबन्दीका कारण इन्धनको अभावमा सवारीसाधन पातलो संख्यामा चल्दा निकै कमले उपत्यका छाडेकामा यो पटक २० लाख भन्दा बढी टिकट बुकिङ हुने व्यवसायीको अनुमान छ ।

    यात्रुको चापलाई ध्यान दिइ कलंकी र कोटेश्वरबाट दैनिक ३ हजार गाडी उपत्यकाबाट वाहिरिने व्यवस्था मिलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij