शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदेऊः एमाले

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल एमालेले दण्डहीन  तालाई प्रश्रय नदिन सरकारलाई सचेत गराएको छ ।

    एमालेको जारी केन्द्रीय कमिटी बैठकले शुक्रबार बिशेष प्रस्ताव पारित गर्दै कैलालीको टीकापुरलगायत विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटनाका दोषीलाई उन्मुक्ति नदिन सरकारलाई सचेत गराएको छ ।

    लोकतान्त्रिक परिपाटी र कानुनी शासनमा आघात पुग्ने त्यस्ता घटनाको सन्दर्भमा गरिएको छानविन प्रतिवेदनमा प्रवेश नै नगरी दोषीलाई उन्मुक्ति दिँदा देशमा शान्ति सुरक्षा कायम राख्नुपर्ने निकायको मनोबल घटाउने र समाजमा संशय सिर्जना गर्ने एमालेको ठहर छ ।

    गत वर्ष कैलाली जिल्लाको टीकापुरलगायत विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटना र ती घटनाबाट भएको जन धनको क्षतिबाट समग्र नेपाली समाज आहत भएको घटना ताजै छ ।

    थरूहट आन्दोलनका क्रममा आन्दोलनकारीहरूले टीकापुरमा एक बालकसहित ८ सुरक्षाकर्मीलाई हत्या गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij