प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३
बर्दिबास । आर्थिक तथा शैक्षिक रुपमा कमजोर रहेका तराईका मुसहर समुदाय पछिल्लो समय प्रगतितिर लम्कदै छन् ।जसको उदाहरण बनेका छन्, तराईका एक दर्जन जिल्लाका मुसहर समुदायका ६१ जना छात्र—छात्रा (विद्यार्थी) ।
मधेशका ११ जिल्लाबाट ६१ जना मुसहर विद्यार्थीहरु उच्च शिक्षा हाँसिल गर्न उच्च मावि पुग्न सफल भएका छन् ।
महोत्तरी, सर्लाही, रौत्तहट, बारा, पर्सा, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरड, नवलपरासी गरि ११ जिल्लाबाट विभिन्न तहमा जम्मा ६१ जना मुसहर विद्यार्थीहरु उच्च शिक्षाको पहुँचमा पुगेका मुसहर समुदायको लागि काम गरिरहेको भोर नामक गैरसरकारी संस्थाले जनाएको छ ।
यसले पछिल्लो समय उनीहरुको शिक्षाप्रति लगाव बढ्दै गएको प्रष्टिएको संस्थाको बुझाई छ ।
यसैबीच मुसहरहरुको उत्थानको लागि सामाजिक अभियन्ताहरुले ५१ हजार रुपौंया जम्मा गरि रकम संकलन अभियान संचालन गरेका छन् । हाल सम्म २ लाख ५३ हजार ४६८ रुपैंया दताहरुबाटसंकलित भएको र सो रकम उनीहरुको पढाईमा खर्च गरिने बताइएको नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताए ।
मुसहर समुदायका विद्यार्थीहरु उच्च शिक्षाप्रति आकर्षित भएपछि अहिलेको मुसरह पुस्ताप्रति आशा जगाएको अध्यक्ष सदाले उल्लेख गरे ।
मुसहर विद्यार्थीहरु उच्च शिक्षा हाँसिल गरेर डाक्टर, इन्जिनियर, शिक्षक, राजनेता, प्रशासक जस्ता पदमा जागिर खाने सपना संगालेर बसेको कक्षा १२ पढ्दै गरेका महोत्तरीको बर्दिबासका मञ्जय सदाले बताए । उनले आफ्नो बैंकमा जागिर खाने सपना रहेको पनि सुनाए ।
मुसहरको कुल जनसंख्याको ९३ प्रतिशत मानिसहरु अशिक्षित छन् । महिलाको कुरा गर्दा ९९ प्रतिशत नै अशिक्षित छन् । हाल ६१ जना विद्याथीले उच्च शिक्षा अध्ययन गर्नु ठूलो उपलब्धी भएको बताइन्छ । तराईका २४ जिल्लामा मुसहरको बसोबास रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij