शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं’

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् । तर यो घटना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो घटना विरलै सुन्न पाइन्छ ।

    ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको आशा गरेर बसेका छन् । यही आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको छ । । यी दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् ।

    फुटबलका पारखी ४० वर्षीया यी छोराहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडीहरुको राखेका छन् । इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन् । श्रीमती पहिलो पटक गर्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम पनि जुराइसकेको बताएका छन् ।

    यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ । दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल खेलाडीहरुको नाममा राखेका छन् । दम्पत्तीले अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राखेका छन् ।

    यो परिवार ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्ने गर्दछन् । ठूलो परिवारलाई खाना बनाउन निकै मेहनत गर्नुपर्ने जूसिसिलेडी बताउँछिन् । उनका अनुसा एकपटकमा उनले एक किलो चामल, एक किलो गेडागुडी र ठूलो प्याकेट म्याक्रोनी बनाउने गर्दछिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij