शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बाढीले खानेपानीको मुहान बगाउँदा महोत्तरीका ४० हजार मानिस प्रभावित

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • महोत्तरी ।  ‘१० दिनदेखि धारामा पानी आएको छैन । खोलाबाट धमिलो पानी ल्याएर खादैं छु । प्रदुषित पानी खाँदा घरका सबै सदस्य रुघाखोकीको सिकार भयौं,’ महोत्तरीको बर्दिबास नगरपालिका–५ भब्सिकी ४० वर्षीया गृहिणी विष्णु थापाले बर्दिबासमा साथीसंगको भेटघाटका क्रममा समस्या सुनाउँदै थिइन् । यो समस्या विष्णुलाई मात्र होइन् महोत्तरीको उत्तरी क्षेत्रका ४० हजार मानिसहरुको पनि छ ।

    दुई सातदेखिको अविरल वर्षाको कारणले खोलामा आएको बाढी र भिरबाट खसिरहेको पहिरोले महोत्तरीको उत्तरी क्षेत्रको एक दर्जन खानेपानी मुहानमा क्षति पु¥याएको छ । खोलामा आएको भिषण बाढीले खानेपानी उत्पादन र वितरणको मुलपाइप, फिल्टर जस्ता मुख्य स्थानहरुमा क्षति पु¥याएको छ । निरन्तर परिरहेको वर्षाले भिरबाट पहिलो गएर खानेपानीको मुख्य पाइपहरु फुटेर क्षतविक्षत भएका छन् । खानेपानी आयोजनाबाट खानेपानी वितरणको काम अहिले ठप्प छ ।

    बर्दिबास नगरपालिकाको बर्दिबास, गौरीवास, किसाननगर, माइस्थानका जनताहरु खानेपानी पाउन सकेका छैनन् । बर्दिबास नपाका छिमेकमा पर्ने खयरमारा र हातिलेट गाविसका जनताहरुले पनि दुई सातादेखि खानेपानी पाउन नसकेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख देवेन्द्रकुमार झाले बताए ।
    बाढी र पहिरोले खानेपानीको मुहान र मुख्य पाइपहरुमा क्षति पु¥याएको कारण ४० हजार मानिसहरुको पहुँचमा खानेपानी पुग्न नसकेको उनको भनाई छ ।

    दिनहुँ २० हजार जनसंख्यालाई ३० लाख लिटर पानी वितरण गर्दै आएको बर्दिबास खानेपानी उपभोक्ता संस्थाले एक सातादेखी उपभोक्तालाई खानेपानी वितरण गर्न सकेको छैन । बर्दिबासको शहर उन्मुख ठाउँमा पानी अभावले गर्दा महँगो मुल्यमा स्थानीयहरु बोतल र जारको पानी किनेर खान बाध्य छन् ।

    ‘पाटुस्थित कारे खोलाको भिरमा पहिरो गएर मुख्य पाइप फुट्यो । पहिरो निरन्तर गइरहेको र विकट स्थानमा पाइप फुटेकोले गएर जोडन निकै समस्या छ,’ बर्दिबास खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष चुडामणी पोखरेलले भने,– ‘ नेपाली सेना, स्थानीय र खानेपानीको कर्मचारीको सहयोगमा खानेपानी पाइप जोडेर उपभोक्तालाई खानेपानी वितरण गर्न काम गरिरहेका छौं । ’
    बर्दिबास नपाको १, २, ३ र ४ गरि चार वडाका झन्डै ३ हजार उपभोक्तालाई दुई स्थानको मुहानबाट पानी वितरण गरिदै आएको छ । एउटा मुहानको पाइप फुटेको छ । अर्को रातु खोलामा रहेको मुहानको तीन वटै खानीपानीको फिल्टर बाढीले बगाइदिएकोले पानी वितरण गर्न जटिलता थपिएको व्यवस्थापक विदुर भट्टराइले बताए ।

    धारामा पानी नआएपछि बर्दिबास– ५ पाटुका शिव (गंगा) कार्कीका अनुसार मानिसहरु रातु खोलामा कुवा खनेर, वर्षातको बेला परेको बलेसीको पानी थापेर खान बाध्य भएका छन् । पाटुका २४० घरधुरीमा पानीको अभाव छ । मानिसहरु प्रदुषित पानी खाँदा बर्दिबास सरकारी अस्पतालमा रुघाखोकीका विरामीहरु दैनिक २० भन्दा बढी आइरहेका अस्पतालका प्रशासन फाँटका खरदार राजेश देवकोटाले बताए । यस्तै बर्दिबासमा रहेको एक दर्जन क्लिनकि र अस्पतालमा रुघाखोकीका विरामीहरु पुग्ने गरेका अस्पतालहरुले जनाएका छन् ।
    खोलामै आएको बाढीले पाइप बगाउँदा विद्यालयका खानेपानीको समेत अभाव भएको चेरु माविका प्रअ प्रदिप अधिकारीले बताए ।

    महोत्तरी जिल्लाभरि भएका ६८ वटा खानेपानी आयोजनाहरु मध्य १२ बटा खानेपानी आयोजना बाढीबाट प्रभावित बनेको छ । जसमध्य महोत्तरीको चुरे क्षेत्रमा एक दर्जनभन्दा बढी खानेपानीका मुहान छन् । एक दर्जन खानेपानीका मुहान रातु खोला, कारे खोला, ढुंग्रे खोलामा छन् । बाढीले गर्दा यि मुहानहरुमा क्षति पुगेर खानेपानीको समस्या उत्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij