शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

डिएसपी गिरीको सरुवा, बिदाईमा २० किलोको माला !

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • रसुवा ।  सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाबाट सीमा सुरक्षा बल रुपन्देहीमा सरुवा भएका डिएसपी दर्शन गिरीको आज भब्य कार्यक्रमका बीच बिदाई गरिएको छ ।
    रसुवाको सदरमुकाम धुन्चेमा आयोजित भब्य कार्यक्रमका बीच सीमा सुरक्षा गुल्म रसुवाको गुल्मपति उनको बिदाई गरिएको हो ।

    सो अबसरमा  विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी कृष्ण अधिकारी, कर्मचारी मिलन केन्द्र, उद्योग वाणिज्य संघ, नेपाल चीन व्यापार संघलगायतले रसुवामा रहँदा डिएसपी गिरीले गरेको कामको उच्च प्रशंशा गर्दै २० किलोको माला लगाएर बिदाई गरेका थिए ।

    सांसद छोबाङ तामाङले गिरीलाई २० किलोको माला पहिर्याउँदै रसुवामा रहँदा डिएसपी गिरीले गरेको कामको मुक्तकण्ठले प्रशंशा गरे ।

    यहाँ रहँदा डिएसपी गिरीले जिल्लाको शान्ति सुरक्षा र सीमा सुरक्षामा प्रभावकारी काम गर्नुका साथै सामाजिक कामहरुमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए । यस्तै सडक मर्मत सम्भार तथा सानो गोसाईकुण्ड निर्माणमा समेत उनले महत्वपूर्ण भूमिका रहेका थिए ।

    बिदाई कार्यक्रममा डिएसपी गिरीले आफू सरुवामा भएर अर्को ठाउँमा जान लागेको भएपनि रसुवालाई कहिल्यै बिर्सन नसक्ने बताए । १ वर्ष एक महिना रसुवामा कार्यरत रहँदा आफूलाई यहाँका सबै राजनीतिक दलहरुले सकारात्मक सहयोग गरेको स्मरण गर्दै गिरीले सबैप्रति आभार व्यक्त गरे ।

    उनको सरुवामा प्रभावकारी काम भएकै कारण स्थानीय राजनीतिक दलका प्रतिनिधि गृह मन्त्रालयमा सरुवा नगर्नका लागि आग्रह समेत गरेका थिए ।
    गृहमन्त्रालयले उनलाई गत भदौ ३१ गते सीमा सुरक्षा बल रुपन्देहीमा सरुवा गर्ने निर्णय गरेको थियो ।

    –

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij