शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सुविधानगरलाई चिटिक्क बनाउने अभियान

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • काठमाडौँ  ।   काठमाडौँ महानगरपालिका–३५ सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले स्थानीय टोललाई सरसफाइ गरेर चिटिक्क बनाउने अभियान सुरु गरेको छ ।

    आउँदो बडादसैँलाई दृष्टिगत गरेर टोलभित्रका सडक, चोक, गल्ली र देवालयलाई सफासुग्घर तुल्याउन स्थानीयवासी सबै सरसफाइ अभियानमा जुटेको सङ्घका अध्यक्ष मदनकुमार सिवाकोटीले बताए ।
    स्थानीय मिलीजुली चोकबाट सुरु भएको अभियानमा त्यस क्षेत्रका न्यायाधीश, राजनीतिज्ञ, प्राध्यापक, बुद्धिजीवी, कलाकार, पत्रकारसहितले हातमा खरेटो, कुचो, साबेल, फोहर उठाउने डोको र बोरा बोकेर आज एकाबिहानै सडकमा झरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण काकी र पूर्वमन्त्री अग्निप्रसाद खरेल सम्मिलित उक्त अभियानमा सातदेखि ८० वर्ष उमेर समूहका सबै टोलबासी सरिक थिए ।

    सो क्रममा घरमा सटर भाडामा लिएर व्यापार र व्यवसाय सञ्चालन गरेकाहरुलाई सडक पेटीमा सर्वसाधारणलाई हिँड्डुल गर्न अप्ठ्यारो हुने गरी सामान नराख्न तथा पसलबाट आएको फोहरको उचित व्यवस्थापन गरेर टोललाई चिटिक्क बनाउने अभियानमा सहयोग पु¥याउन आग्रह गरिएको थियो ।

    त्यस क्षेत्रका २३० घरधनी एकीकृत उपभोक्ता सङ्घसँग आबद्ध रहँदै आएका छन् । यसअघि उक्त सङ्घको अगुवाइमा वाग्मती किनारमा वृक्षरोपण समेत गरिएको थियो । सङ्घले त्यस क्षेत्रका सबै सडक र गल्लीमा अब सौर्यबत्ती जडानलाई प्राथमिकता दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij