आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तामाङ जातिको संंस्कृति संरक्षण गरिने

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • काठमाडौँ    ।   नयाँ शक्ति पार्टी नेपालको भ्रातृ सङ्गठन तामाङ राष्ट्रिय परिषद् नेपालको प्रथम राष्ट्रिय भेलाले शुक्रबार सुवास तामाङको संयोजकत्वमा १५१ सदस्यीय परिषद्को केन्द्रीय समिति गठन गरेको छ ।

    देशभरबाट करिब ३०० प्रतिनिधि सहभागी उक्त भेलाले अन्तरिम कार्यविधि अनुसार आठ जना सहसंयोजक चयन गरेको छ । भेलाले खड्कबहादुर जिम्मा, जोशीमाया तामाङ, राजीव लामा, पासाङनिमा तामाङ, मङ्गल तामाङ, भीमबहादुर तामाङ, निमा डिङ्डुङ र नवीन्द्र तामाङलाई चयन गरेको छ ।
    परिषद् संयोजक सुवासले सङ्गठन सुदृढीकरण गरी सञ्जाललाई देशभर विस्तार गरेर छिट्टै महाधिवेशन गर्न आवश्यक वातावारण मिलाइने बताए ।

    उनले तामाङ जातिको वेशभूषा, संंस्कृति लोपोन्मुख बन्दै गएकाले त्यसको संरक्षणका लागि परिषद्ले सक्दो सहयोग गर्ने र समुदायको अधिकार स्थापित गराउन भूमिका निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरे ।

    काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्र नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक लगायत स्थानमा तामाङ समुदायको बसोबास छ । विसं २०६८ को राष्ट्रिय जनगणनानुसार नेपालमा करिब छ प्रतिशत तामाङ जनसङ्ख्या छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij