शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

तस्करीको ट्रान्जिट बन्दै बझाङको उरै नाका

  • प्रकाशित मिति : आइतवार, अशोज ९, २०७३



  • बझाङ   ।  बझाङको उरै भन्ज्याङ नाका भएर वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमूल्य जडीबुटीको अवैध कारोबार बढेको छ । यो नाका भएर लामो समयदेखि तिब्बततर्फ अवैध कारोबार मौलाए पनि प्रहरीले नियन्त्रण गर्न सकेको छैन । त्यस्ता सामान बरामद गरेर अहिलेसम्म सार्वजनिक पनि गरिएको छैन ।

    यो नाकाबाट खुलेआम यस्तो कारोबार भइरहेको छ । नेपालको सीमा प्रहरी चौकी रहेको काडा गाविसको धुली गाउँबाट झन्डै ३० किलोमिटर टाढाको नेपाल–चीन सीमा वरिपरि ठाउँ–ठाउँमा अस्थायी टहरा नै बनाएर तस्करले खुलेआम यस्ता सामान ओसारिरहेका देखिन्छन् ।

    खुला हिमाली पाटनमा प्रतिबन्धित जडीबुटी सुकाइएका हुन्छन् भने तिब्बत लैजान अस्थायी टहराभित्र बोरामा राखिएका हुन्छन् । खच्चर, भेडा, भरिया लगाएर दिउँसै निर्धक्क तस्करी गर्नेहरूको ताँती नै देखिन्छ ।

    काडा–३ स्थित काकरकोटको ठूलो चौरमा ७ वटा पालले ढाकेर ठूलो मात्रामा जटामसी सुकाइएको थियो । हुम्लाका एक व्यापारीले बझाङ र दार्चुलाका विभिन्न गाउँबाट मजदुर लगाएर संकलन गरेको उक्त जडीबुटी एक सय क्विन्टलभन्दा बढी भएको काडाका मंगल बोहराले बताए । ‘यो सबै तिब्बत लैजान ठिक पारिएको हो,’ उनले भने ।

    नेपाल–चीनको सिमा स्तम्भ रहेको उरै भञ्ज्याङबाट करिब ३० मिनेट ओरालो झरेपछि लहरै २ वटा ठुला पाल टागिएका छन् । बाहिरबाट हेर्दा अस्थायी होटल जस्तो लाग्ने पाल बाहिर २ युवक पहरा दिइरहेका थिए । भित्र पसेर हेर्दा सयौं बोरामा राखिएका कटुकीका खात देखिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij