प्रकाशित मिति : आइतवार, अशोज ९, २०७३
काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले संविधान संसोधनका विषयमा आफुसँग कुनै सल्लाह नभएको भन्दै आफुलाई त्यो मान्य नहुने बताएका छन् । एमाले मुख्यालयमा जारी केन्द्रिय समितिको बैठक पश्चात बोल्दै ओलीले मधेससँग यो–यो संसोधन गर्छु भनेर पहिल्यै तिन बुँदे सम्झौता भएको र ति विषयहर के–के हुन भन्ने एमालेलाई सबै थाहा भएको पनि बताएका छन् ।
उनले ४७ को संविधान निर्माणमा पनि एमालेले महत्वपुर्ण भुमिका खेलेको र अहिले पनि दोहो¥याएको भन्दै आफ्नो सहमति बिना कसैले संविधान संसोधन गर्न नसक्ने जिकिर गरे । “संविधान गतिशिल हो, संसोधन हुन्छ र हुनुपनि पर्छ,” उनले भने “त्यो जनताको अधिकारको लागि हुनुपर्छ । नकि सार्वभौमिकता र भौगोलक अखण्डतालाई नोक्सान पुर्याउने गरी ।”
ओलीले तराईको आन्दोलन भगवानले नभई आफ्नो नेतृत्वको सरकारले शान्तिपुर्ण रुपमा अवतरण गराएको भन्दै आफ्नै पार्टीका साथिहरुले पनि नबुझेको भन्दै माधव नेपाल प्रति कटाक्ष गर्न पनि भ्याए । “बोल्न जान्नु पर्छ भन्छन केही साथिहरु,” उनले भने “म राजनिति गर्छु र भाषा पनि राजनीतिक नै बोल्छु ।’ उनले पछिल्ले मधेश आन्दोलनताका राजमार्गमा बनाइएको हातेसाँग्लोलाई मधेशको माखे साँगलो नामाकरण गरे ।
मधेशवादी दलका नेताहरुप्रति इंगित गर्दै ओलीले आफ्नो घरको इनार छुन नदिनेहरुले मधेशको मसिया बन्न खोजेको भन्दै त्यो नसुहाएको बताए । आफुले “जनता आवास” अन्तर्गत २० हजार घर बनाएर जनतालाई बाँड्ने, हुलाकी राजमार्ग तराईमा नै बनाउने, पुर्व–पश्चिम राजमार्ग पनि तराईमा नै बनाउने, १० वटा स्मार्ट सिटी र सिँचाई योजना पनि तराईमा नै बनाउने भने पनि आफुलाई मधेश बिरोधी बनाइएको भन्दै आक्रोश व्यक्त गरे ।
संविधानमा सिमांकन लगायतका विषय नमिलेको विरोधमा पछिल्लो पटक मधेशमा भएको आन्दोलनलाई ओलीले भारतबाट विवाह गरेर ल्याएकी श्रीमतीलाई राष्ट्रपति बनाउन नपाइएने भएर गरेको आन्दोलन भन्दै त्यसको कुनै तुक नभएको बताए ।
आफ्नो नेतृत्वमा सरकार बन्ने बित्तिकै एमालेलाई एक्लाउने प्रयास भएको र संक्रमणमा कांग्रेसले सहकार्य गर्न नचाहेको भन्दै कांग्रेस आफ्नो इमान्दारिता, कार्यशैली र संगठनबाट डराएको बताएका छन् । एमालेले भने उसलाई प्रधानमन्त्री बनाउँदा इमान्दारिताका साथ बनाएको भन्दै एमालेसँग चुनावमा हारिने डर पनि कांग्रेस पनि भएको बताए । तर उनले आफु कसको सहयोगमा सरकारमा गएको भने भन्न चाहेनन् ।
आफुले सरकारको नेतृत्व गर्दा १४ बुँदे सहमति गरेर निर्वाचनसम्मका लागि जाने सहमति भएपनि माओवादीले आफुलाई धोका दिएको बताए । त्यतिबेला ९ बुँदे सहमति भएको तर तिन बुँदे सहमति नभएको भन्दै यदि भएकै भएपनि त्यो माओवादीले नै तोडेको जिकिर ओलीले गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij