प्रकाशित मिति : आइतवार, अशोज ९, २०७३
रौतहट । मोटरसाइकलको ठक्करबाट रौतहटको गौर चन्द्रपुर सडकखण्डमा एकजनाको ज्यान गएको छ । गौर नगरपालिका वडा नं.–११ सिस्वास्थित शनिवार बेलुका ५ बजे भएको मोटरसाईकल दुर्घटनामा स्थानिय पैदल यात्री अन्दाजी ५५ वर्षका शेख जुमनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौरबाट जिंगडवा तर्फ जादै गरेको BR05 S 5616 नम्बरको मोटरसाइकल जुमनलाई पछाडीबाटै ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते भएको जुमनलाई उपचारका लागि गौरमा रहेको सिटी हस्पिटलमा लैजाने क्रममा मृत्युभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले बतााएका छन् ।
ठक्कर दिने मोटरसाईकल र चालक रौतहट जिंगडवा गाविस वडा नं ९ का २५ वर्षीय ईम्बरान शेख नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij