शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पूर्व गृहमन्त्री घिमिरेका तीन भाई त्रिशुलीमा बेपत्ता !

  • प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३



  • काठमाडौं  ।   आमालाई मुक्तिनाथको दर्शन गराएर काठमाडौं फर्कँदै गरेका पूर्व गृहमन्त्री माधव घिमिरे चढेको कार दुर्घटना हुँदा उनका तिनै भाई बेपत्ता भएका छन् । आईतबार साँझ उनिहरु चढेको कार चितवनको घोप्टेभिर भन्ने स्थानबाट करिब तिन सय मिटर तल त्रिशुली नदिमा खस्दा घिमिरेकी आमा सहित तिन जनाको मृत्यु भएको छ ।

    पुर्व गृहमन्त्री घिमिरे सहित उनका भाईहरु प्रकाशचन्द्र घिमिरे र मोहन घिमिरे त्रिशुलीमा बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को खेलकुद प्रतियोगीता तथा योजना विभाग प्रमुखको रुपमा कार्यरत प्रकाशचन्द्र घिमिरेका कान्छा भाई हुन् । पारिवार निकट स्रोतले मोहन उनका सहोदर भाई नभएको भनेपनी आधिकारीक पुष्टि भएको छैन ।

    दुर्घटनमा परेका कार चालक विष्णु राई घाईते भएका छन् । दुर्घटनामा परेका आफन्त नारायण प्रसाद काफ्ले र अंगरक्षक रामचन्द्र कार्किको मृत्यु भएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता गणेशबहादुर थापाले जानकारी दिए ।

    को हुन घिमिरे ?
    नेपाल सरकारका पूर्वमुख्य सचिव तथा पूर्वगृहमन्त्री घिमिरेको जन्म विसं २०१७ माघ २५ गते पाल्पाको तानसेन नगरपालिका–१२ मा भएको थियो । पाल्पाबाटै विद्यालय शिक्षा पूरा गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासन, ग्रामीण तथा क्षेत्रीय विकास योजनामा स्नातकोत्तर र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)बाट नेपालमा गरीबी न्यूनीकरणसम्बन्धी विकास योजना विषयमा विद्यावारिधि गरेका थिए ।

    २०६९ चैत १ गते खिलराज रेग्मीको अध्यक्षतामा बनेको चुनावी सरकारको पालामा घिमिरे गृह तथा परराष्ट्रमन्त्री बनेका थिए ।

    पूर्वमुख्यसचिव एवं पूर्वगृहमन्त्री घिमिरेले मानव संशाधन व्यवस्थापन र एकीकृत ऊर्जा योजनामा पाकिस्तान, मलेसिया र अष्ट्रेलियाबाट पनि उच्च शिक्षा हासिल गरेका थिए ।  घिमिरे योजना अधिकृतको रूपमा महालेखा परीक्षकको कार्यालयबाट निजामती सेवामा प्रवेश गरेका थिए । घिमिरेका एक छोरा र एक छोरी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij