आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस शिकार गरेर अघाएको बाघजस्तो: ओली

  • प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३



  • काठमाडौं   ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई अघाएको बाघसँग तुलना गरेका छन् ।

    राजधानीमा आइतबार पत्रकार गोपाल खनालको पुस्तक ‘भूराजनीति’ विमोचन कार्यक्रममा ओलीले कांग्रेससँग कुनै पनि नीति नभएको बताए । ‘संसदको सबैभन्दा ठूलो पार्टी कांग्रेस निदाएको छ कि ब्युझेको छ थाहा छैन, नीति छ कि छैन थाहा छैन, कसो हुनुपर्छ थाहा छैन,’ कांग्रेस आराम गरिरहेको उल्लेख गर्दै ओलीले भने, ‘बाघले शिकार भेटायो खायो भने खान्छ र लमतन्न खुट्टा पसार्छ, कांग्रेसले के शिकार गर्‍यो कुन्नी खुट्टा पसारेर सुतेको छ ।’

    सरकारका प्रवक्ता राम कार्कीले चीनतिरको बाटो खोल्दा पर्यावरण बिग्रन्छ भन्ने भनाइप्रति कांग्रेसको धारणा नआएकोमा ओली आक्रोसित थिए । ‘प्रमुख पार्टीको परराष्ट्र नीति के हो ?, आर्थिक नीति के हो ?, विकासम्बन्धी नीति के हो ?,’ उनले भने, ‘उहाँहरुको सरकारको प्रवक्ताले बोल्छ बाटो खोल्यो भने वातावरण बिग्रन्छ, कमेन्ट केही छ ? त्यही सही हो कि हैन ?’

    ओलीअघि बोल्ने कांग्रेस नेता रामशरण महतले ०१६ सालमा बीपी कोइरालाले लिएको राष्ट्रियतासम्बन्धी अडानको स्मरण गरेका थिए ।

    ओलीले रामशरणलाई सोधे, ‘कांग्रेससँग बीपी कोइरालाको नाम छ, के कांग्रेसको नीति पनि छ ?’ मञ्चमा रहेका महतले भने, ‘झन् बलियो छ ।’ ओलीले बीट मारे, ‘हेरौं, व्यवहारमा देखियोस्, नेपाली जनताले जवाफ चाहेका छन् ।’

    नेपालको भूराजनीति यथार्थ रहेको बताउँदै उनले त्यसप्रति हिनताबोधन गर्न आवश्यक नभएको बताए ।

    अघिल्लो सरकारकाले आवेसश,उत्तजेना र आक्रोशमा कुनै पनि विदेश नीति निर्धारण नगरेको उनको भनाइ थियो । ‘नेपालका निम्ति सोचेर नै कदम चालेको थियौं, त्यो सामान्ती राष्ट्रवाद होइन, नेपाली राष्ट्रवाद, जनराष्ट्रवाद हो, सोची, सम्झी विचारी गरिएको राष्ट्रवाद थियो,’ उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij