शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

नेपाली बजार सुनसान भारतीय बजारमा नेपाली ग्राहकको भीड

  • प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३



  • मोरङ   ।  दसैं नजिकिँदै जाँदा किनमेल गर्ने क्रममा मोरङको मुख्य बजार विराटनगर बजार सुनसान र भारतको जोगवनी बजारमा नेपाली ग्राहकको भीडभाड भएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको मोरङका व्यवसायीले गुनासो गरेका छन् ।

    मोरङ व्यपार सङ्घका अध्यक्ष तथा सांसद पवनकुमार सारडाले मोरङसँग जोडिएको भारतीय सीमावर्ती बजार जोगवनीको खुल्ला सिमानाले भारतीय बजारमा किनमेल गर्ने नेपालीको भीड बढेपछि स्वदेशी व्यापारी विस्थापित हुने अवस्था सिर्जना भएको बताए ।

    उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले करोडौं रुपैयाँ लगानी गरेर मोरङका व्यवसायीले सञ्चालन गरेको व्यवसायमा सामान बिक्री नभएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको गुनासो गरे ।

    विराट व्यापार सङ्घका अध्यक्ष शिव रिजालले सरकारले स्वदेशी बजार प्रवद्र्धन गर्ने कुनै कार्यक्रम ल्याउन नसक्दा सस्तोमा उपभोग्य सामग्री खरिद गर्न नेपाली उपभोक्ता भारतीय बजार जोगवनी जाने गरेको बताए । उाले भने “नेपाली ग्राहकका लागि हामीले स्वदेशी बजार प्रवद्र्धन कार्यक्रम ल्याउन नसक्दा समस्या आइपरेको हो ।”

    त्यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले चोरी तस्करीलाई नियन्त्रण गर्न र भन्सार करमा सुधार गर्न नेपाली उपभोक्ता सामान खरिद गर्न जोगवनी नजाने वातावरण बनाउन सरोकारवाला निकाय मिलेर लाग्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij