प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३
काठमाडौं । २२ वैशाख ०७२ बिहान धादिङको झ्याप्ले खोलामा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । भारतीय तीर्थयात्रु पशुपति दर्शन गरेर फर्किने क्रममा धादिङमा दुर्घटनामा परेका हुन् ।
२८ असोज ०७१ मा मनकामना दर्शन गर्न जाने क्रममा गाडी दुर्घटना हुँदा काठमाडौँ लप्सीफेदीका साधुराम तिवारी परिवारका चारजनाको मृत्यु भएको थियो । कुरिनटार मनकामना केबुलकारभन्दा १५ किलोमिटरअगाडि दुर्घटना भएको थियो ।
१९ जेठ ०७१ मा प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंंदै गर्दा १८ जना भारतीय नागरिकको मृत्यु भएको थियो । भारतीय तीर्थयात्री चढेको बस प्युठानको गोठीबाङ लामाचौरमा दुर्घटना भएको थियो ।
२६ वैशाख ०७३ मा स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कंदै गर्दा भिंगृ–१ स्थित मुहानखोलाले बगाउँदा तुलसीपुर–१९ उरहरी दाङका एकै घरका तीनजनाको मृत्यु भएको थियो । बा.१४च ३८३९ नम्बरको स्करपिओ जिपलाई स्थानीय ठाडोखोलाले बगाउँदा ५० वर्षीय शुकदेव खनाल, उनकी १९ वर्षीया छोरी विमला खनाल र १२ वर्षीया अस्मिता खनालको मृत्यु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij