प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३
काठमाडौं । रिक्त रहेका विभिन्न समिति गठनमा सहमति जुटाउने प्रयास स्वरुप सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताको बैठक बोलाएकी छन् ।
संसद भवन नयाँ बानेश्वरमा केहिबेर अघिदेखि सुरु भएको बैठकमा लेखा समिति र कृषि समितिमा नयाँ सभापति नियुक्तिका विषयका साथै अरु समसामयिक विषयमा छलफल केन्द्रीत रहेको छ ।
लेखा समितिका सभापति जनार्दन शर्मा र कृषि समितिका सभापति गगन थापा मन्त्री बनेपछि दुइ समिति सभापति बिहीन छ ।
बैंठकमा संविधान कार्यान्वयका लागि आवश्यक पर्ने विधेयकहरुलाई अघि बढाउने विषयमा पनि छलफल हुने सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij