प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३
काठमाडौं । सुचना तथा सञ्चारमन्त्री राम कार्कीले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईको कडा आलोचना गरेका छन् ।
हालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच भएको २५ बुँदे संयुक्त विज्ञप्तीमा भट्टराईले गरेको टिप्पणीप्रति लक्षित गर्दै सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीले कडा आलोचना गरेका हुन् ।
भट्टराईले नश्लीय राजनीति गरेको आरोप लगाउँदै कार्कीले उग्रराष्ट्रवादी बन्नेहरुसँग कसैले नसक्नेसामाजिक सञ्जाल ट्वीटरमार्फत कटाक्ष गरेका छन् । उनले भट्टराईले प्रधानमन्त्री हुँदा भारतसँग बिबादित बिप्पा सम्झौता गरेको र त्यो असफल भएपछि अहिले उग्रराष्ट्रवादी बनेको आरोप समेत लगाएका छन् ।
‘बिप्पाले लोप्पा खाएपछि हिटलरको नश्लको राजनीति बोक्नेहरू अब उग्रराष्ट्रवादी बनेछन् ।लाज पचाएकाहरूसंग पनि सकिएन’, कार्कीले ट्वीटरमा भनेका छन् ।
पहिलो संविधानसभा विघटन हुँदाताका प्रधानमन्त्री हुँदा भट्टराईले भारतसँग बिबादास्पद बिप्पा सम्झौता गरेका थिए भने त्यसको चौतर्फी आलोचना समेत भएको थियो ।
उनै भट्टराईले २५ बुँदे सम्झौतामा ८ बुँदे टिप्पणी गरेका थिए ।
स्मरण रहोस् भट्टराई तत्कालिन एमाओवादीबाट बाहिरिँदासम्म कार्की उनी निकट मानिन्थे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij