प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३
चितवन । भरतपुर उपमहानगरपालिका–१० भरतपुर ओरालोमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना३ख ९४३९ नंको बसले सोही दिसातर्फ जाँदै गरेको ना४१प ६३९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी भरतपुर उपमहानगरपालिका वडा नं ४ का ३३ वर्षीय भरत महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी सोही ठाउँका ३२ वर्षीय भीमलाल तामाङ घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ओरालो बाटोमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भई अन्य मोटरसाइकललाई पनि ठक्कर दिँदा मोटरसाइकलमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।हिजोमात्रै पूर्व गृहमन्त्री माधव घिमिरे सवार जीप चितवनमै दुर्घटनामा परेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij