शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कसरी भयो पूर्वगृहमन्त्रीको गाडी दुर्घटना ? यस्तो रहेछ कारण

  • प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३



  • काठमाडौं । पूर्वगृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे चढेको बा ९ च १५३१ नम्बरको स्कोर्पिओ गाडी आइतबार अपराह्न पौने पाँच बजेतिर चितवनको दारेचोक गाविस–३ खोप्टेभीरमा दुर्घटनामा परेको छ । घिमिरेसहित सातजना सवार गाडी पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा तीनजनाको मृत्यु भएको छ । पूर्वगृहमन्त्री घिमिरे, उनका भाइद्वय मोहन र प्रकाश त्रिशूलीमा बेपत्ता भएका छन् । गाडी चालक प्रहरी हबल्दार विष्णु राई गम्भीर घाइते भएका छन् ।

    चिवतन प्रहरीका अनुसार मुस्ताङबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटना हुँदा पूर्वगृहमन्त्री घिमिरेकी आमा चैतन्यकुमारी घिमिरे, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको घटनास्थलमै मृत्यु भएको छ । उनीहरू तीनैजनाको शव त्रिशूली नदीकिनारमा फेला परेको उद्धारकार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक अजयकुमार थापाले जानकारी दिए ।
    गम्भीर घाइते चालक राईलाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो । राईको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    पूर्वगृहमन्त्री घिमिरे सोह्र श्राद्ध पारेर मुस्ताङको कागबेनीमा आफ्नो बुबाको श्राद्ध गरी आमालाई मुक्तिनाथ मन्दिर दर्शन गराई घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् । बेपत्ता हुनेमा पूर्वगृहमन्त्री घिमिरे, उनका भाइ प्रकाश र काकाका छोरा मोहन छन्। आइतबार रातिसम्म बेपत्ता भएकाहरू फेला पर्न सकेका छैनन् ।

    कसरी भयो दुर्घटना ?
    पृथ्वी राजमार्गस्थित खोप्टेभीर पुलनजिकै आइपुग्दा अगाडिको गाडीलाई ओभरटेक गरेर लेन समात्ने क्रममा पुलको बारमा गाडी ठोक्किएर त्रिशूली नदीमा खस्न पुगेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै उद्धारमा खटिएका एक प्रहरीले बताएका छन् । ‘मेरो आँखैअगाडि पुलको बारमा ठोक्किएर गाडी बायाँतर्फ त्रिशूली नदीमा खस्यो’, प्रत्यक्षदर्शी अर्को गाडीका चालकलाई उधृत गर्दै ती प्रहरीले भने, ‘दुर्घटनामा परेको गाडीले त्योभन्दा अगाडिको गाडीलाई ओभरटेक गरेर आफ्नो साइडमा लेन समात्न लाग्दा गाडी पुलको बारमा ठोक्किएको थियो ।

    गाडी बारमा ठोक्किएपछि उछिट्टिएर भीरमा ठोक्किँदै त्रिशूलीमा खस्यो ।’ गाडी सडकबाट अन्दाजी दुई सय मिटर तल नदीमा खसेको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक राईले दुर्घटनाका बेला गाडी आफूले नभई पूर्वगृहमन्त्री घिमिरेले नै चलाएको बताएका छन् । ‘दमौलीदेखि गाडी उहाँले नै चलाउनुभएको थियो’, उद्धारमा खटिएका प्रहरीसँग कुराकानी गर्ने क्रममा चालक राईले भनेका थिए, ‘दमौलीमा आइपुगेपछि गाडी रोक्न लगाउनुभयो । मलाई चालकको सिट खाली गर्न भन्नुभयो ।

    तिमी थाकेका हौला, कुरिनटारसम्म म गाडी चलाउँछु । त्यसपछि तिमीले चलाउनु भन्नुभयो ।’ विडम्बना ! कुरिनटार आउन अढाइ किलोमिटर जति बाँकी रहेको ठाउँमा गाडी दुर्घटनामा पर्‌यो । घटनास्थल खोप्टेभीर मुग्लिन र कुरिनटारको मध्यक्षेत्रमा पर्छ । प्रहरीका अनुसार उनी आफू भने उछिट्टिएर बाँचेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij