शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

एनआरएन बाल्टिमोरले परराष्ट्रमन्त्री महतलाई अस्थाई सुरक्षा दर्जा नवीकरण सम्बन्धि ज्ञापनपत्र बुझायो

  • प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३



  • वाशिंगटन डिसी । गैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्रमन्त्री प्रकाश शरण महत (बिद्या वारिधि) लाई अस्थाई सुरक्षा दर्जा (टिपीएस) नवीकरणको लागि अमेरिकन सरकार समक्ष आवश्यक प्रक्रिया अघि बढाई दिन ज्ञापनपत्र बुझाएको छ ।

    नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघीय महासभामा सहभागि हुन आएका महतलाई मेरिल्यान्ड शाखाले सेप्टेम्बर २६ तारिख एक अनौपचारिक कार्यक्रममा ज्ञापनपत्र बुझाएको हो ।

    उक्त ज्ञापनपत्रमा कुनै कारण विशेषले अस्थाई सुरक्षा दर्जा भर्न नपाएकालाई समेत भर्न पाउने गरि प्रक्रिया अघि बढाईदिन उक्त ज्ञापनपत्रमा माग गरिएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित नेपालीहरुको चर्चित चमेना गृह नेपाल हाउसमा सम्पन्न उक्त कार्यक्रममा परराष्ट्रमन्त्रीलगायत माननिय संसद मोहन बहादुर बस्नेत, परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी, अमेरिकाका लागि नेपलाका राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि), महावाणीज्यदुत प्रेमराजा महतको उपस्थितिमा ज्ञापन पत्र बुझाईएको छ ।

    नेपालमा गएको भूकम्पको कारण अमेरिकन सरकारले अमेरिकामा कागजात नभएका नेपाली नागरिकलाई १८ महिनाको लागि अस्थाई सुरक्षा दर्जा उपलब्ध गराएको थियो जसको कारण भूकम्पबाट पिडित आफन्तसँग भेटघाट गर्न समेत सुबिधा अमेरिकन सरकारले दिएको थियो । र, आगामी डिसेम्बर २०१६ मा म्याद गुजार्ने भएकोले यसको लागि परराष्ट्रमन्त्री प्रकाश शरण महतलाई ज्ञापनपत्र बुझाउनु जरुरी भएकोले बुझाईएको मेरिल्याण्ड शाखाका अध्यक्ष जेदु पोख्रेलले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij