शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

जलवायु परिवर्तनले सेताम्मे हिमाल कालो पहाड बन्दै

  • प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३



  • ;]tfDd] lxdfn sfnf kxf8DofUbLsf] d'bL uflj;df /x]sf] ;+;f/sf] ;ftf}F cUnf] wf}nflul/ lxdfndf Hfnjfo' kl/jt{gn] c:jfefljs ?kdf tfkqmddf j[l4 x'g] qmd;Fu} klxn] afx|} dlxgf k"/} lxpFn] 9flsg] u/]sf] lxdfnsf] tNnf] efu kl5Nnf] ;do udL{ofddf lxpFljxLg b]lvg] u/]sf] 5 . tl:a/ M sdn vqL, /f;;

    म्याग्दी । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा क्रमिक रुपमा देखिन थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको मुदी गाविसमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ ।

    आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि पछिल्लो समय गर्मीयाममा भने हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको मुदीका पर्यटन व्यवसायी हरि तिलिजाले बताए ।

    “पहिले धौलागिरि हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालका तल्लो भाग काला पहाडजस्ता देखिन थालेको छ, जाडो याममा हिउँले पुरिने भाग गर्मीयाममा नाङ्गिएको देखिन्छ”, तिलिजाले भने ।

    धौलागिरि आधार शिविरभन्दा एक दिन नजिकको पैदल दूरीमा रहेको इटाली आधार शिविरमा विगत २६ वर्षदेखि होटल व्यवसाय गर्दै आएका तिलिजाले अस्वाभाविक रुपमा तामक्रम बढ्ने भएका कारण हिउँ पग्लिने क्रम बढेको अनुभव सुनाए । स्थानीयवासीका अनुसार पछिल्लो समय जाडो समयमा समेत पर्याप्त हिउँ नपर्ने समस्या देखिएको छ ।

    पहिले पुस महिनामा भारी हिमपात हुने भएपनि पछिल्लो समय फागुनतिर हिउँ पर्न थालेको छ । हिउँ पर्याप्त नपर्ने र हिमालमा भएको हिउँसमेत पग्लिएर जाँदा हिमालमा हिउँले ढाकिएका भू–भाग काला पहाडमा परिणत हुने खतरा बढेको धौलागिरि आधार शिविर जाने पदमार्गअन्तर्गत दोबानमा होटल व्यवसाय गर्दै आउनुभएका मुदीका बासिन्दा बोमबहादुर पुनले बताए ।

    धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत जापानी आधार शिविरदेखि नै सुरु हुने वर्षांैदेखि हिउँ जमेर बनेको हिमतालसमेत बर्सेनि पग्लिएर जाने क्रम बढेसँगै यस्ता तालको सतहसमेत घट्दै गएको पाइएको छ । विगत ६÷७ वर्षकै अवधिमा त्यस क्षेत्रमा हिउँ जमेर बनेको हिमताल अत्यधिक पग्लिएर बग्ने क्रमले करिब पाँच मिटरभन्दा बढी जमिनको सतह तल झरेको पाइएको मुदीका पर्यटन व्यवसायी तिलिजाले जानकारी र्दिए ।

    तिलिजाका अनुसार पहिले जापानी शिविरदेखि केही तलको भू–भागमा पनि प्रशस्त मात्रामा वर्षौंदेखि हिउँ जमेर बनेको हिमताल रहे पनि अहिले ती सबै पग्लिसकेका छन् ।

    “पहिले यस क्षेत्रका यी सबै डाँडाकाँडा बाह्रैमास सेताम्मे हुन्थ्यो,” धौलागिरि आधार शिविर नजिकैबाट काला पहाडलाई देखाउँदै तिलिजाले भने, “अहिले त चैत महिना सुरु हुनासाथ पुस–माघ महिनामा थुप्रिएको हिउँ पग्लिएर सकिन्छ । हिमालकै तल्लो भागसमेत हिउँले ढाकिन्न ।”

    धौलागिरि मात्रै होइन जिल्लाको गुर्जामा रहेको गुर्जा, चुरेन र पुथा हिमालमा समेत बर्सेनि हिउँको मात्रा घट्दै गएको स्थानीयवासी बताउँछन् । याममा समेत कम मात्रै हिमपात हुने र तापक्रम वृद्धिले हिउँ पग्लिएर बग्ने क्रमले हिमाल हिउँविहीन देखिन थालेको गुर्जाका स्थानीयवासी झकबहादुर छन्त्यालले बताउनुभयो । हिमालमा हिउँको मात्रा घट्दै गएपछि अहिले हिमालको तल्लो भाग पूरै काला पहाडजस्तो देखिन थालेको छन्त्यालको भनाइ छ ।

    “अहिले बर्सेनि हिउँ पर्ने क्रम घट्दै गएको छ, पहिले जाडो याममा छ÷सात फिटसम्म हिउँ पथ्र्यो, पुसमा परेको हिउँ पग्लिन हप्तौँ लाग्थ्यो, अहिले मुस्किलले दुई÷तीन फिटसम्म मात्रै हिउँ पर्छ, त्यो पनि एकै दिनमा पग्लिएर बग्छ,” छन्त्यालले भने । हिउँ पर्ने क्रम घट्दै गएपछि हिमाली खेतीबाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बासमेत पाइन छाडेको छन्त्यालले बताउनुभयो । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर हिउँ पग्लिनेमा मात्रै नदेखिएर हिमाली क्षेत्रको खेतीबालीमा पनि देखिएको छ ।

    पहिले खेतीबालीमा खासै समस्या नदेखिने गरेपनि पछिल्लो समय विभिन्न प्रजातिका किराको सङ्क्रमणले आलु, जौ लगायतका खाद्य बाली उत्पादनमा कमी आउन थालेको छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् । जलवायु परिवर्तनले पछिल्लो समय हिमाली क्षेत्रमा ठूलै समस्या देखाएको धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए ।

    हालै जिल्ला विकास समितिको सहयोग र धौलागिरि पर्यटन परिषद्को संयोजनमा जिल्लाका सरोकारवालाद्वारा मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविरसम्म गरिएको स्थलगत अध्ययन भम्रणका बेला जलवायु परिवर्तनको असरबारे अध्ययन गर्ने काम भएको थियो । विशेषगरी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमपहिरो बढी जाने, हिमस्खलन बढ्ने, हिमाली क्षेत्रमा पाइने जीवजन्तु सङ्कटमा पर्नेजस्ता समस्या बढेको पाइएको परिषद्का अध्यक्ष बानियाँले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij