प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३
काठमाडौं । डेरी एसोसियसन संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुुन करीब साढे ११ बजे बानेश्वर पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले ‘म पनि एक किसानको छोरो हुँ,सधै तपाईंहरुकै साथमा हुन्छु’ भन्ने वाक्य निकालेपछि सहभागीले खचाखच हल तालिले गुञ्जायमान भयो ।
पुनले आफ्नो लिखित मन्तब्यको अन्तिममा ‘किसान परिवारमा जन्मे हुर्केको किसानको छोरो भएका कारण आफनो साथ सधै रहने’ बताउँदा सहभागी उत्साहित भएका छन् ।
पुनले ‘दुधको विक्री मुल्य सिधैँ दुध दुहुने किसानले पाउँछन कि पाउँदैनन् ?’ भन्ने बिषयमा गम्भीर हुनुपर्ने बताए ।
उनले नेपाल धेरै कुरामा आत्मनिर्भर बन्नुपर्ने आवश्यतक्ता संगै दुधमा पनि आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुपर्ने बताए ।
उनले कृषकहरुले उत्पादन गरेको दुधको मुल्य उपभोक्ताले जसरी तिरेका छन् त्यसरी नै दुध उत्पादन गर्नेले नपाएको बताए । उनले भने, ‘किसानले जसरी दुध उत्पादन गर्छन, त्यसको त्यति नै मुल्य पाएका छैनन् ।’
अहिलेसम्म राजनीतिक अस्थिरता रहेकै कारण कृषि क्षेत्रको विसका सोचे अनुसार हुन नसकेको पुनले बताए । उनले बैदेशिक रोजगारीमा गएका देशको ठुलो शक्तीलाई स्वदेश फर्काउन सके आर्थिक क्रान्ति गर्न सकिने बताए ।
युवालाई कृषि क्षेत्रमा आर्कषित गर्नका लागि विभिन्न आर्कषक कायर््क्रमहरु सञ्चालन गर्नुपर्ने पुनको धारणा छ ।
कार्यक्रममा सहभागी पशुपन्छी मन्त्रालयका सचिब उत्तम कुमार भट्टराइले किसानले उत्पादन गरेका बस्तुहरुको सहज पहुँच उपभोक्तामा हुनुपर्ने बताए । उनले दुधको गुणस्तरीयताका लागि दुध व्यवसायीले ध्यान दिनुपर्ने सुझाब राखे ।
नेपाल उद्योग वाणिज्य महासंघकी कार्यबाहक अध्यक्ष भवानी राणाले देशमा जस्तो सुकै सक्रमणकालिन अवस्था आउदा पनि नीजि क्षेत्रको भूमिका अतुलनीय रहेको बताईन् ।
उनले हरेक नेताले मञ्चमा भाषण गर्दा आर्थिक क्रान्तिका कुरा गर्ने गरेपनि व्यवहारमा त्यसो हुन नसकेकोमा चिन्ता व्यक्त गरीन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij