प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३
काठमाडौ ।कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन कृषि मन्त्रालयले बिषेश प्याकेज घोषणा गर्ने भएको छ । चालु आर्थिक बर्ष ०७३/०७४ को बजेटका कार्यक्रमलाई प्रभावकारी बनाउदै मन्त्रालयले जिल्ला–जिल्लामा प्याकेजका लागि निर्देशन समेत दिएको जनाएको छ ।
कृषि मन्त्री गौरीशंकर चौधरीले कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउन सरकारले विशेष प्याकजेमै कार्यक्रम अघि सारेकोले संघीय प्रणाली अनुसार नै ७ प्रदेशमै पुर्याउने बताएका हुन् । अहिले मन्त्रालयमा रहेको २७ अर्ब बजेटवाट त्यो प्याकेज घोषणा हुने उनले बताए ।
मंगलबार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री चौधरीले धान, फलफुल, तरकारी, लगायत अन्य संभाव्यता भएका क्षेत्रमा बिशेष कार्यक्रम अघि सार्ने जनाएका हुन् ।
सरकारले प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रमलाई पनि अघि बढाउन लागिपरेको उनले बताए । काँस्कीमा तरकारी, जुम्लामा स्याउ, दाङ्मा मकै, बारामा माछा खेतिको सम्भावना रहेकोले सोही क्षेत्रमा सोही बमोजिम कार्यक्रमहरु अघि बढाउने सरकारको तयारी रहेको जनाए ।
किसानलाई पेन्सन दिने तयारी समेत सरकारले गरिरहेको मन्त्री चौधरीले जनाए । किसानको वर्गिकरण गरेर त्यस्तो पेन्सन दिइने उनको भनाइ छ ।
मन्त्रालयको अवधारणा अनुसार पाँच लाखसम्म आयआम्दानी गर्ने किसानलाई एउटा वर्गमा, पाँचदेखि १० लाखसम्म आम्दानी गर्नेलाई अर्को वर्गमा, १०–२५ लाखसम्म आम्दानी गर्नेलाई एउटा वर्गमा, २५ देखि ५० लाखसम्म एउटा वर्ग र त्यो भन्दापनि कारोवार गर्नेलाई उद्योगव्यवसायीको रुपमा वर्गिकरण गर्ने तयारी रहेको जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij