आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालको कूटनीतिक शैलीप्रति ईयूको गुनासो

  • प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३



  • काठमाडैं  ।   रोपेली महासंघ (ईयू) ले नेपालको कूटनीतिक व्यवहार र शैलीप्रति गुनासो गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महत पूर्वनिर्धारित कार्यक्रमअनुसार बेल्जियमको ब्रसेल्स नगई अमेरिकामै बसेपछि ईयू र बेल्जियम असन्तुष्ट बनेका हुन् ।

    महत नेतृत्वको टोली ब्रसेल्स हुँदै नेपाल फर्किने कार्यक्रम तय गरिएको थियो । त्यसैअनुसार ब्रसेल्सस्थित नेपाली दूतावासले महतको ईयू अध्यक्ष जो क्लाउड योङर र बेल्जियमका परराष्ट्रमन्त्री डिडिआर रेग्डरसँग भेटघाटको समय मिलाएको थियो ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रस्तावित नेपाल भ्रमण र आफ्नो अपर्झट गोवा भ्रमण तयारीका लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले छिटो स्वदेश फर्किन परराष्ट्र सचिव शंकरदास बैरागीलाई निर्देशन दिएपछि महत टोलीको ब्रसेल्स भ्रमण स्थगित गरिएको हो ।

    न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर अमेरिकाको राजधानी वासिङटन डीसी पुगेका महत र बैरागी शनिबार मात्रै काठमाडौं फर्किंदै छन् । परराष्ट्रमन्त्री महत बिहीबार फर्कने तयारी गरिएको भए पनि अमेरिकास्थित नेपाली दूतावासले गर्ने राष्ट्रिय दिवसमा उपस्थिति जनाउन उनले बसाइ लम्ब्याएको उनका प्रेस संयोजक एकराज पाठकले बताए ।

    न्युयोर्कबाट सीधै काठमाडौं जानुपर्ने भएकाले भेटघाट रद्द गरिएको जानकारी ईयूलाई गराइएको भए पनि टोली अमेरिकामै रहेको थाहा पाउँदा अझै नराम्रो हुन सक्ने एक कूटनीतिज्ञले बताए । अन्तिम समयमा जोडबल गरेर तय गरिएको भेटघाट आफैं रद्द गर्नुपर्दा दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि असन्तुष्ट छन् । ‘यस्ता कामले हामीलाई काम गर्ने उत्साह मिल्दैन,’ ती अधिकारीले भने, ‘यसमा राजनीतिक नेतृत्वभन्दा पनि मन्त्रालय नेतृत्वको कमजोरी देखिन्छ । सही समयमा सल्लाह र सुझाव दिन नसक्दा यस्तो भएको हो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij