शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

वीरगन्जमा समेत शौचालय नहुँदा समस्या

  • प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३



  • वीरगन्ज  ।   भारतको सीतामढीअन्तर्गत नरकटिया बस्ने ६५ वर्षीय गेनेलाल पटेल ऐतिहासिक तथा धार्मिक शक्तिपीठ गहवामाईको पूजा गर्न वीरगन्ज आएको समयमा शौच गर्न शौचालय खोज्दा नपाएर आफूलाई सकस भएको गुनासो गर्छन् ।

    देशकै प्रमुख आर्थिक तथा व्यापारिक नगरी वीरगन्ज नगरक्षेत्रभित्र सार्वजनिक शौचालय नहुँदा भारतीय नागरिक पटेलजस्तै सबैले समस्या भोग्दै आएका छन् । वैकल्पिक व्यवस्था र बिनापूर्वाधार वीरगन्ज उपमहानगरपालिकाले हतारमा वडाहरुलाई दिसामुक्त क्षेत्र घोषणा गर्ने गरेको भए पनि शौचालयको अभाव रहेको स्थानीयवासीको गुनासो छ ।

    सन् २०१६ सम्म विभन्न नगरलाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएपनि कर्तव्यबोधको अभावका कारण नगरपालिकाले लक्ष्यलाई पछ्याउन सकेको देखिँदैन । नगर क्षेत्रभित्र ३० वडासम्म रहेपनि १७ वडासम्म मात्र दिसामुक्त क्षेत्र घोषणा भएका छन् । दुई लाख पाँच हजार जनसङ्ख्या रहेको नगर क्षेत्रभित्र २३ वटा सार्वजनिक शौचालय रहेकामा १८ वटा शौचालय मात्र सञ्चालनमा आएका छन् भने पाँचवटा शौचालय बिग्रेको अवस्थामा रहेका छन् ।

    नगर क्षेत्रभित्र सार्वजनिक शौचालयको कमी भएको स्वीकार्दै वीरगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख कार्यकारी प्रकाश अमात्यले बजारको मुख्य ठाउँमा शौचालय बनाउन नसकेकाले यो समस्या देखापरेको बताए । वीरगन्ज बजारको मुख्य चोक माईस्थान र आदर्शनगरमा भने एउटा पनि शौचालय नभएको भएपनि वडा नं २ र ४ मा दुईवटा सार्वजनिक शौचालय बनाउन महानगरपालिकाले २० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

    नगर क्षेत्रभित्रको मुख्य सडक विस्तार भएपछि थप शौचालय बनाउने लक्ष्य नगरपालिकाले लिएको सामाजिक विकास महाशाखाका प्रमुख सुनिलकुमार कर्णले बताए । उपमहानगरपालिका घोषणा भएको १८ वर्ष पूरा हुँदापनि पर्याप्त मात्रामा नगर क्षेत्रमा सार्वजनिक शौचालय नहुनुमा नगरपालिकाको उदासीनता भएको आरोप स्थानीयवासीले लगाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij