शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

किसानसंग अन्तरक्रिया गर्न सांसदहरु रोल्पामा

  • प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३



  • रोल्पा ।  नयाँ संविधानअनुसार कृषि नीति तयार गर्न तथा कृषिसम्बन्धी ऐननियम संशोधन गर्नुपूर्व किसानको रायसुझाव लिने उद्देश्यले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत विकास समितिको एक टोलीले रोल्पाको लिवाङमा किसानसँग मंगलबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    व्यवस्थापिका–संसद् सदस्य रामेश्वर ढुङ्गेलको नेतृत्वमा सांसद तारामान गुरुङ, पुनाराम थापा र शारदाकुमारी विश्वकर्मा सम्मिलित टोलीले यहाँका किसान, राजनीतिक दल, सरकारी सेवाप्रदायक र नागरिक समाजसँग अन्तरक्रिया गर्नुका साथै फिल्ड भ्रमणसमेत गरेको थियो ।

    सुरक्षित खाद्य जनताको मौलिक अधिकारका रुपमा संविधानले प्रत्याभूत गरेको सन्दर्भमा खाद्यमा प्रयोग हुने रासायनिक विषादीलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा टोलीले अध्ययन गरी व्यवस्थापिका–संसद्मा प्रतिवेदन बुझाउने टोली संयोजक रामेश्वर ढुङ्गेलले जानकारी दिए ।

    संविधान कार्यान्वयनका लागि विद्यमान ऐनकानुनसमेत समयअनुकूल परिवर्तन गर्न आवश्यक रहेकाले त्यसका लागि पहिलोपटक जनताको रायसुझावका आधारमा कृषिसम्बन्धी ऐनकानुन परिवर्तन गर्न लागिएको अर्का सांसद तारामान गुरुङले जानकारी दिए ।

    अन्तरक्रिया कार्यक्रममा कृषक हिरा घलेले रासायनिक विषादी प्रयोगलाई निरुत्साहित गर्ने ऐन ल्याउन आवश्यक रहेको बताउँदै जैविक विषादी प्रयोगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।

    कानुन संशोधन गर्दा पहिलोपटक किसानको सुझाव सङ्कलन गर्न लागिएकोमा अर्का किसान प्रथम भण्डारीले खुसी व्यक्त गर्दै कृषिलाई व्यवसायीकरण गर्न राज्यले थप लगानी गर्नुपर्ने सुझाव दिए ।

    अर्का कृषक रुपलाल वलीले रासायनिक विषादीको प्रयोगले हुने असर तथा जैविक विषादीको फाइदाबारे कृषकलाई जनचेतना फैलाउने कार्यक्रम ल्याउन आग्रह गर्दै युवा पलायन रोक्न पनि कृषिमा व्यवसायीकरण गर्नुपर्ने सुझाव दिए ।

    कार्यक्रममा जिल्लाको कृषि क्षेत्रमा रासायनिक विषादीको प्रयोगको विषयमा वरिष्ठ कृषि विकास अधिकृत किशोर पन्त र पशु औषधि प्रयोगका बारेमा वरिष्ठ पशु विकास अधिकृत नन्दलाल चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij