प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३
काठमाडौँ । मध्यपहाडी (पुष्पलाल) मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सञ्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पाएको छ ।
सोसम्बन्धी सम्झौतामा आज सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको उपस्थितिमा नेपाल दूरसञ्चार प्राधिकरणसँगको सम्झौतापछि टेलिकमले सो जिम्मेवारी पाएको हो ।
दुई वर्षका लागि भएको सम्झौतामा पाँचथरको चिसोभञ्ज्याङदेखि धादिङको सल्यानटारसम्मको दुई हजार ३७६ किलोमिटर दूरीमा उच्च क्षमताकोे ‘अप्टिकल फाइबर नेटवर्क’ निर्माण, सञ्चालन र मर्मत गर्ने उल्लेख छ ।
प्राधिकरणका अध्यक्ष दिगम्बर झा र टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीबीच भएको हस्ताक्षरमा सो कार्यका लागि करिब रु ४.८८ अर्ब लाग्ने अनुमान छ ।
सञ्चार सचिव थपलियाले समयमै काम सम्पन्न गर्न शुभकामना दिँदै बोर्ड ब्याङ्क सञ्जाल स्थापना गर्न सो सम्झौता कोसेढुङ्गा सावित हुने बताए।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले ३२ जिल्ला सो कार्यले बोर्ड ब्याङ्क कनेक्टिभिटी विस्तारका साथै सेवाका मूल्यमा कमी हुने अपेक्षा व्यक्त गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij