प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३
काठमाडौं । दशैँ–तिहार र छठको अवसरमा सरकारले राजधानीसहित देशभरका विभिन्न ठाँउमा खोलिएको सहुलियत पसलमा ग्राहकको भीड बढेको छ । साल्ट टे«डिङ्ग, नेश्नल टे«डिङ्ग, दुग्ध विकास संस्थान र खाद्य संस्थानको समन्वयमा खोलएको यी पसलहरुमा नुन, चिनी, चामल, दूध, दही, पनिर, ध्यूलगायत विभिन्न सामानहरु बजार मूल्यभन्दा सस्तोमा पाइन्छ ।
राजधानीको जावलाखेल, रामशाहपथ, कलंकी, कोटेश्वर, थापाथलीलगायत उपत्यकाबाहिर हेटौँडा, पोखरा, नेपालगञ्ज, विराटनगर, विरगञ्ज, जनकपुरलगायत मुख्य शहरमा पसल खोलिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij