शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बाजुरा सदरमुकाममा पुग्यो बस, हेर्नेको घुईँचो !

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • बाजुरा ।   जिल्ला सदरमुकाम बाजुरामा पहिलो पटक बस सेवा सुचारु भएको छ । ठूलो संख्याका बाजुराबासीले भब्य रुपमा अबिर, फुलमाला र बाजागाजा सहित बसको स्वागत गरेका छन् ।

    साफे–मार्तडी सडक खण्ड निर्माणले पूर्णता पाउन ढिलाई हुँदा बल्लमात्रै यातायात सञ्चालनमा आएको उद्योग बाणिज्य संघ बाजुराका उपाध्यक्ष गोरख बहादुर रोकायाले बताए ।

    हाल सडक निर्माणको जिम्मा पाएको पिएस कन्ट्रक्सनले निर्माण कार्य तिब्र पारेपछि बस सेवा संचालनमा ल्याउन सकिएको बस ब्यबसायी बलबहादुर थापाले बताए ।
    यसअघि बस चढ्नका लागि सदरमुकामबाट करिब२ घण्टाको पैदल दुरी हिँडेर स्थानिय तिपाडा हाटबजारसम्म जानु पर्ने बाध्यता रहँदै आएको थियो।
    जिल्ला सदरमुकाम मार्तडीबाट नै बस सेवा सुरु भएपछि छिमेकी बाजुरा,हुम्ला र मुगुका यात्रीहरुले समेत सुबिधा पाउने भएका छन् । बस सेवा सुचारु भएपछि जिल्लाबासीमा खुसीयाली छाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij